टोकियो । गैरआवासीय नेपाली संघ(एनआरएनए ) एशिया प्याशिफिक उपसंयोजक (DRC) पदमा जापानबाट बुद्घिराज घिमिरेले उम्मेद्वारी दिने घोषणा गरेका छन । एनआरएनए जापानको निवर्तमान महासचिव बुद्घिराज घिमिरेले आगामी कार्यकालको लागि एशियाको उपसंयोजक (DRC) पदमा उम्मेद्वारी दर्ता गर्ने घोषणा गरेका हुन ।
एनआरएनए अभियानमा साडे एक दशक बिताएका घिमिरेले जापानको कार्यसमितिमा कांतो कमिटीको सचिब हुदै एनसीसीमा सदस्य, सचिव र महासचिव गरि ३ कार्यकाल काम गरेका छन । एनआरएनएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजु भाईहरुमा साथ, सपोर्टको लागि घिमिरेले यस पटक पनि आग्रह गरेका छन ।
घिमिरेले जापानको आसागया टोक्यो लगाएत शहरमा ३ ओटा नेपाली रेस्टुरेण्ट र हलाल पसल संचालन गरि ब्यवसायमा समेत सफल भएका छन । क्षेत्रगत समानान्तर र स्मार्ट एनआरएनए आधार, परिवर्तित परिस्थितिमा सिप र अनुभव शुत्रधार भन्ने मुल नाराका साथ बुद्धिराज यसपटक एशियाको चुनाबमा होमिएका छन ।
घिमिरे मेहनती र बफ़दार एनआरएनए अभियन्ताको छविले चिनीएका छन ।
यस्तो छ बुद्धिराज घिमिरेको बिगत
बुद्धीराज घिमिरे
उपसंयोजक (DRC) पदका उम्मेदवार
एनआरएनए एशिया प्याशिफिक क्षेत्रीय समिति
सामाजिक अभियानमा १५ वर्षअघिबाट एनआरएनए जापानमा आवाद्द
-२०१३-०१५ मा एनआरएनए जापान कान्तोको सचिवमा सर्वसम्मत
-२०१७-०१९ मा एनआरएनए जापान राष्ट्रिय कमिटिमा सचिवमा निर्वाचित
-२०१९-०२१ मा एनआरएनए जापान राष्ट्रिय कमिटिको महासचिवमा निर्विरोध
साथै ,
२०२१-०२३ मा आईसिसि बिधान ड्राफ्ट कमिटि सदस्य
-२०२३-०२५ एनआरएनए एशिया प्यासेफिक क्षेत्रिय उपसंयोजक पदमा उम्मेदवार

