शुक्रबार, बैशाख १४, २०८१

साझा पार्टीवाट उम्मेदवार खोज्दै रविन्द्र मिश्र

इटहरी,१९ जेठ । काठमाडौंमा पूर्वसचिव किशोर थापालाई चुनावमा उठाएर राम्रै मत हासिल गरेपछि उत्साहित बनेको साझा पार्टीको ध्यान पूर्वी नेपालतिर सोझिएको छ ।

यसै साता साझा पार्टीका संयोजक रविन्द्र मिश्र र प्रवक्ता डा. सूर्यराज आचार्यको टोलीले बिराटनगर र सुनसरीको भ्रमण गरेको छ ।

बिराटनगरको नमस्ते होटलमा साझा पार्टीले कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा सहभागीहरुले साझा पार्टीबाट काठमाडौंमा किशोर थापा र निरुपमा यादवले जस्तै बिराटनगरमा पनि उम्मदेवारी दिइनुपर्ने सुझाएका थिए ।

मिश्र र आचार्यको टोलीले इनरुवामा साझा पार्टीको इकाइ कार्यालय स्थापना गरेको छ भने इटहरीमा औपचारिक कार्यक्रम नै आयोजना गरेर फर्केको छ ।

इटहरीमा साझा पार्टीको कार्यक्रममा उल्लेख्य उपस्थिति देखिएको भन्दै सो पार्टीका नेताहरु उत्साही बनेका छन् ।

सुनसरी र मोरङ डुल्ने क्रममा धेरैजनाले रविन्द्र मिश्रसँग भेट गरेर आफूहरु उम्मेदवार बन्न तयार रहेको भन्दै टिकट माग गरेका थिए ।