शुक्रबार, असार ०१, २०८१

नेपालले प्रकृति सुन्दरताको संरक्षण गर्न सके मुलुक समृद्ध बन्छ : डा. सिके राउत

टोकियो । जापान भ्रमणमा रहेका जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. सिके राउतले नेपालको प्रकृति सुन्दरताको संरक्षण गर्न सके नेपालको विकास र समृद्ध बनाउन सकिने बताएका छन ।
शनिवार टोकियोमा गैरआवासीय नेपाली संघ जापानले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन ।
कार्यक्रम उठेका जिज्ञासा सहित सम्बोधन गर्नेक्रममा डा. राउतले देश बनाउन बिकासित मुलुकको जस्तो कपि गर्नु पर्ने भन्ने छैन, हामी प्रकृति रूपमा त्यसै पनि सुन्दर धनि छौ, सगरमाथा र बुद्ध जन्मस्थल लुम्बिनी नेपालमा पर्दछ। हामीले हाम्रै प्रकृती सुन्दरताको संरक्षण गर्न सके भने पनि हाम्रो मुलुक समृद्ध हुन्छ।

जापान भ्रमणको शिलशिलामा जापानमा रहनु भएका सासंद डा. सिके राउतको प्रमुख आतिथ्यतामा “समृद्ध नेपाल निर्माणका लागि प्रवासी नेपालीहरूको भुमिका”भन्ने मुल नाराका साथ स्वागत एवं अन्तरक्रिया सम्पन्न भएको थियो । कार्यक्रममा जापान मनी एक्सप्रेसका अध्यक्ष, ओम गुरूङ, नेपाली ब्यवसायी संघका वरिष्ठ उपाध्यक्ष ददिवल खड्का, एनआरएनए अभियन्ता दिपक कंडेल, युवा नेता प्रकाश केसीले मन्तब्य राखेका थिए।

उक्त कार्यक्रमको स्वागत मन्तब्य संघका सदस्य दिनेश लोहनी, सभापतित्व संस्थाकी उपाध्यक्ष डा. एलिजा केसी भण्डारी र कार्यक्रम संचालन कार्यक्रम संयोजक एवं एनआरएनए उपाध्यक्ष सिद्धार्थ श्रेष्ठले गरेका थिए।