बिहिबार, असोज २४, २०८१

सोफिया विश्वविद्यालयको निमन्त्रणामा चरिमाया तामाङ जापान आउने

टोकियो,१९ जेठ । शक्ति समुहकी प्रोग्राम कोड़ीनेटर चरिमाया तामाङ जापान आउने भएकी छिन ।

प्रोफेसर तानाका मासाको पहलमा जापानको सोफिया विश्वविद्यालयको निमन्त्रणामा यसै जुन महिनाको ८ देखि २० तारिखसम्म जापानमा शक्ति समुहकी प्रोग्राम कोड़ीनेटर चरिमाया तामाङ जापान आउन लागेकी हुन ।

समाजसेवी तामाङ जापान आएको अवसरमा नेपालीहरुको भेंटघाट तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

जुन ११ आईतवार नेपाल आदिवासी जनजाती महासंघ जापानले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको सल्लालकार सुकुमान थिङ तामाङले जानकारी दिनुभयो ।
तामाङ्लाई आधुनिक दासत्व विरुद्धको अभियानमा लागे बापत तत्कालीन अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनबाट सम्मानित भएकी थिइन ।