सोमबार, बैशाख ०७, २०८३

एनआरएनए अध्यक्षमा महेश श्रेष्ठलाई भोट माग्दै उपाध्यक्षमा शेरचनको उम्मेदवारी

जापान । गैरआवासीय नेपाली संघको (एनआरएनए) को अध्यक्षमा महेश श्रेष्ठलाई भोट माग्दै उपाध्यक्षमा रोविन शेरचनको उम्मेदवारी दिने स्पष्ट पार्नु भएको छ ।
काठमाडौंमा अक्टोवर १७-२० तारिख हुन गैरहेको एनआरएनए आईसीसी महाधिवेशनमा जापानबाट अध्यक्षमा उम्मेदवारी दिनु भएका महेश श्रेष्ठलाई सहयोग गर्न शेरचनले टोकियोमा बुधबारको एक कार्यक्रममा अपील गर्नु भयो ।
एनआरएनए आईसीसी उपाध्यक्षका प्रयासी शेरचनले चुनावी माहोल दलगत प्रतिनिधित्व जस्तो हुन लागेकोमा चिन्ता व्यक्त गर्नु भयो । आईसीसी निर्वाचनको माहोल दलगत र दलकै मात्र पनि राख्नुभएन, सक्षम छन् भने सबै क्षेत्रबाट सहभागिता हुनपर्यो । सबै क्षेत्रले आफ्नो क्षेत्रको प्रतिनिधित्व महशुस गर्न सकुन्, अनि एनआरएनएलाई सबैको साझा संस्था अनुभूति हुनु पर्ने बताउनु भयो ।
मैंले एनआरएनए अभियानमा लागेर कमाउने, पाउने र स्वार्थ लिने केही पनि कुरा छैन,’ शेरचनले आफ्नो उम्मेदवारी घोषणाबारे प्रष्ट्याउँदै भने, ‘स्वार्थको लागि नभई निष्पक्ष तबरले संस्थालाई अघि बढाउन चाहेको बताउनु भयो ।

जापानवासीसंग भेटघाट कार्यक्रममा शुभकामना दिदै सहमतिमै जापानबाट आईसीसीमा सबै प्रतिनिधित्वहरुको साथ महेश श्रेष्ठलाई हुनु पर्ने शेरचनले जोड़ दिनु भयो ।