ललितपुर,१८ जेठ । चर्चित गायक प्रकाश कटुवाल र गायिका लक्ष्मी मल्लले भर्खरै वजारमा ल्याएको लोकगित
फुल फुल्यो केसरी यूटुव मार्फत सार्वजनिक गरेको छ ।
सार्वजनिक उक्त गीतमा गायक कटुवालले नै शब्द संगीत भरेका छन् । सार्वजनिक गीतको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका हुन् भने राजेश घिमिरेले खिचेका हुन् । भिडियोलाई नविन घर्ति मगरले सम्पादन गरेका हुन् ।भिडियोमा करिश्मा, जीवन, सनम र रामको नृत्य रहेको छ ।
गायक कटुवालले दर्जनौं चर्चित लोक तथा दोहोरी गीत गाईसकेका छन् । उनका चर्चित गीतमध्ये चोरबिरालो पल्क्यो, यो रक्सीको गन्ध लगायतका गीतहरु अगाडि आउछन् ।