जापान । एनआरएनए अभियान्ता सुदन थापाले तीजको शुभकामना दिदै् एनआरएनएको कोषाध्यक्षमा सुदन थापाको उम्मेद्वारी सार्वजनिक गर्नु भएको छ ।
गैरआवासीय नेपाली संघ एनआरएनएको कोषाध्यक्षमा सुदन थापाले उम्मेद्वारी दिने सार्वजनिक गर्नु भएको हो ।
एनआरएनए जापानका पूर्व अध्यक्ष थापाले कोषाध्यक्षमा उम्मेद्वारी दिन लागेका हुन् । एनआरएनए आईसीसीको पूर्व युथकोअर्डिनेटरको जिम्मेवारी समालेका थापाले धेरै साथीहरुको अनुरोध आएकोले समन्वय गरि कोषाध्यक्षमा उम्मेद्वारी दिन लागेको बताउनु भयो ।
बिगत १६ बर्षदेखि जापानमा व्यापार, ब्यवसायी र सामाजिक कार्यमा सक्रिय थापालाई काम गर्न अब्बल युवाको रुपमा चिनिन्छन । सन् २००८ बाट जापानको कार्यसमिति सदस्य भएर एनआरएनएमा आफ्नो सामाजिक सेवा सुरू गरेका थापाले अहिलेसम्म निरन्तर रुपमा एनआरएनएमार्फत सामाजिक सेवा गर्दै आएका छन । थापा गैरआवासीय नेपाली संघ, जापानको कार्यसमिती सदस्य २ पटक, एनआरएनए जापान राष्ट्रिय समन्वय परिषद जापानको कार्यसमिति उपाध्यक्ष, कार्यसमिति अध्यक्ष तथा एनआरएनए आइसीसी युवा संयोजक हुदै लामो समयसम्म एनआरएनएमा निरन्तर काम गर्ने अभियन्ताको रूपमा परिचित छन।
यस्तो छ थापाले घोषणा
सम्पूर्ण महानुभाब हरूमा नमस्कार,
नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनीहरूमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
यतिबेला गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अधिवेशनले एक खालको रौनक छाएको छ । अधिवेशन नजिकिदै गर्दा उम्मेदवारी पनि घोषणा हुँदै आइरहेका छन ।
यध्यपि बिगतका कार्यसमिति हरु प्रति आलोचना बाट मात्र नभइ अहिले सम्म भए गरेका कृयाकलाप हरुलाई सुदृढ गर्दै बर्तमान संक्रमणकालिन अबस्थामा संस्थालाई कृयाशिल , ब्यबस्थित र पारदर्शी बनाउन गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको कार्यसमिति भित्रै रहेर विश्वासका साथ काम गर्ने उदेश्यले कोषाध्यक्षमा मेरो उम्मेदवारी रहनेछ ।
यहाँहरुको आजसम्मको माया र भोलिको दिनमा मैले दिलाउन सक्ने विश्वासलाइ साक्षि राखेर तपाईहरु बिदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजु ,भाई,दिदि ,बहिनि इस्ट्मित्र हरूको साथ सद्भाब सहयोगको अपेक्षा गर्दछु ।
निर्बाचन एउटा प्रक्रिया हो, यो अभियानमा मैलेनै जित्नै पर्छ भन्ने धेय म सङ्ग छैन यदि म भन्दा कृयाशिल अग्रजहरु पनि हुनुहुन्छ । यदि उहाँ हरु आउनुहुन्छ भने पनि उहाँहरुमा मेरो उत्तिकै सम्मान रहनेछ ।
सुदन थापा
पुर्ब युवा संयोजक
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद
पूर्व अध्यक्ष
एनआरएनए जापान
तथा
कोषाध्यक्ष उम्मेदवार
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद