सोमबार, भदौ ३१, २०८१

जापानमा दर्शन म्यूज़िकल नाइट २०१७ हुने

जापान,१९ जेठ  ।  दर्शन समाज जापानले जुलाईमा बृहद सागितिक कार्यक्रम दर्शन म्यूज़िकल नाइट २०१७ आयोजना गर्ने भएको छ ।

सामाजिक सहकार्यको लागि जापानमा स्थापना भएको सो समाजले नेपालका बिभिन्न जिल्ला र क्षेत्रबाट जापान आई बिभिन्न पेशा ब्याबसाय गरिरहेका ठकुरीहरूको संस्था दर्शन समाज जापानले बृहद सागितिक कार्यक्रम दर्शन म्यूज़िकल नाइट २०१७ को आयोजना गरिने दर्शन समाज जापानका वरिष्ठ उपध्यक्ष भरत मल्लले जानकारी दिनु भयो ।

सांगितिक सॉझमा नेपाली सागितिक क्षेत्रका बिभिन्न बिधामा स्थापित नेपाली गायक गायिकाहरूका साथै जापानमा रहेका कलाकारहरुले पनि आपनो प्रस्तुति रहने भएको छ । म्यूज़िकल नाइट २०१७ नाम दिएको कार्यक्रम आगमि जुलाई महिनाको १६ तारिक आईतबारको दिन (कसुगा बुन्क्यो कु टोकियो बुनक्यो सिबिल हलमा) आयोजना गरिने दर्शन समाजका सल्लाहकार तथा कलाकार रामकूष्णबम मल्लले बताउनु भयो ।

आज भन्दा ६ वर्ष अघि जापानमा गठन भएको समाजले बिभिन्न सामाजिक कार्यहरूमा सहभागि रहेको छ । दर्शन समाज जापानले यो सांगितिक कार्यकम पहिलो पटक गर्न लागेको हो । बृहद सागितिक कार्यकमको दिन अन्य कार्यक्रम नजुधाईदिनु हुन समेत समाजले सबैमा अनुरोध गरेको छ ।