बुधबार, असोज १०, २०८०

टोकियोमा अर्घाखाँची समाजको तीज कार्यक्रम सम्पन्न, रेस्लर खड़कालाई सम्मान

जापान । अर्घाखाँची समाज जापानले हरितालिका तीजको पूर्व संध्यामा शुभकामना आदानप्रदान एवम् दरखाने कार्यक्रम सम्पन्न गरेको छ ।
समाजका अध्यक्ष दीपक थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन समाजका सचिव अर्जुन आचार्यले गरेका थिए।
अर्घाखाँची जिल्लाबाट बिभिन्न पेशा व्यावसायमा आबद्ध झन्डै २०० जनाको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपालका पहिलो महिला रेसलर भगवती खड़कालाई सम्मान गरीएको थियो भने सहभागी महिला दिदी बैनीहरुले मौलिक भाकामा तीज गीत प्रस्तुत गर्नु भएको थियो!
कार्यक्रममा पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरी,अर्घाखाँची जिल्ला घर भै हाल विद्यावारिधिको शिलशिलामा जापानमा रहनु भएका नेपाल सरकारका सह-सचिव शेष नारायण पौड्याल समाजका सल्लाकार बाबूराम पौड्याल, ईन्दिरा खनाल लगायतको आतिथ्यता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *