शुक्रबार, मङि्सर २१, २०८१

टोकियोमा जुन ४ मा पर्व लाग्ने,तयारी पूरा(भिडियोसहित)

टोकियो,१७ जेठ । नेपाली कथानक चलचित्र पर्वको जापान प्रर्दशन तयारी पुरा भएको छ ।
सोलमारी ग्रुपको आयोजनामा टोकियो मेगुरो सेन्टरमा आगामी जुन ४ तारिक आईतबार प्रर्दशन गर्न लागिएको चलचित्र पर्वको तयारी पुरा भएको जनाईएको छ। सोही अवसरमा दर्शकहरुले चलचित्रका निर्देशक दिनेश राउतसंग वसेर चलचित्र हेर्ने मौका पाउने छन।
नम्रता श्रेष्ठ कोशिस क्षेत्री र माला लिम्वु लगायतका कलाकारहरुको अभिनय रहेको पर्व चलचित्रको प्रर्दशन पूर्व माला लिम्वु र निस्चल वस्नेत अभिनित कालेदाई कालेदाई बोलको गीत एक करोड १४ लाखले हेरी सकेका छन भने ३ दिनमा ३ करोड़ कमाई सकेको जसका कारण पनि चलचित्र सफल मानिएको बताईएको छ।
आईतबार साँझ साढे पाँच बजेबाट प्रर्दशन गरिने पर्व चलचित्रको कुल पाँच सय टिकट मध्ये करिव करिव बुकिङ सकिएको आयोजक सोलमारी ग्रुपका पुस्कर थापाले जानकारी दिए।
थापाका अनुसार चलचित्र पर्दशनबाट संकलन भएको रकम मध्ये केही रकम एकिकृत वस्ति निमार्णमा सकृय जिग्री पाडे प्रतिष्ठानलाई सहयोग गरिने छ।
साथै चलचित्र पर्व जापानका मुख्य शहरहरुमा समेत प्रर्दशन गरिने पक्का भएको छ।
जापान प्रर्दशन जिम्मा पाएको सोलमारी ग्रुपका पुस्कर थापाका अनुसार हलसम्म जापानको फुकुओका, ओशाका, नागोया, तोचिगी र सिजुओकामा प्रर्दशन हुने पक्का भएको छ। जसको प्रर्दशनको मिति र स्थान भने छिट्टै सार्वजानिक गरिने बताईएको छ।