टोकियो,१५ जेठ । जापानको राजधानी टोकियोस्थित नेपाली दुतावासमा एक विशेष कार्यक्रम आयोजना गरी नवौँ गणतन्त्र दिवस मनाईएको छ ।
आईतवार कार्यक्रममा गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय समिति,ग़ैर आवासीय नेपाली संघ जापान तथा नेपालका राजनीतिक पार्टीका भातृ संगठनका पदाधिकारीहरु एवं जापानस्थित नेपाली समुदायका लव्ध प्रतिष्ठित व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा वक्ताहरुले गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै,गणतन्त्रको महत्व तथा वर्तमान अवस्था बारे आफ्नो धारणा राखेका थिए ।
समारोहमा,नव नियुक्त राजदुत प्रतिभा राणाले गणतन्त्र प्राप्तीको क्रममा सहादत प्राप्त ज्ञात अज्ञात शहिदहरु प्रति श्रद्धञ्जली अर्पण गर्दै,गणतन्त्रको सार्थकताको बारेमा प्रकास पार्नुभयो । राजदुत राणाले गणतन्त्र दिवसको शुभकामना दिँदै,जापानमा रहेका सबै संघसंस्थाहरुसंग हातोमालो गर्दै, नेपालको राष्ट्रियहित प्रबर्द्धन गर्न आफु सदैव तत्पर रहेको बताउनुभयो । राणाले नेपालसंग भएको प्राकृतिक सुन्दरतालाई समय र प्रविधीसग जोडदै आर्थिक बिकासको लागि सबैलाई एकजुट हुन् अनुरोध पनि गर्नु भयो । उहॉले देशमा जनताले चाहेको संविधान जारी भई स्थानिय निकायको निर्वचान समेत सम्पन्न गरेको अवस्थामा,जापानमा रहेका सबै नेपाली नेपालको अबैतनिक दुत भएकोले सबैले नेपालको ईज्जत राख्न पनि अनुरोध गर्नु भयो । साथै राणाले,आफ्नै कार्यकालभित्र राजदूतवासको आफ्नै भवन बनाउन हरसम्भव प्रयास गर्ने बताउनु भयो ।
कार्यक्रममा,एनआरएनए उपध्यक्ष भवन भट्टले सबैमा शुभकामना दिदै विदेशबाट देशलाई सहयोग गर्न नेपालीहरु आतुर रहेको बताउनु भयो । समारोहमा,पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, एनआरएनए जापानका अध्यक्ष सुदन थापा, नेवा अर्गनाईजेसनका गंगा डंगोल, विद्यार्थी भुवन शखर भट्ट, कॉग्रेस निकटका पुस्कार जङ थापा, एमाले निकट बाबुराम भंडारी,माओबादि निकट हवल चन्द लामा, लगाएतले गणतन्त्र दिवशको बारेमा आफ्ना भनाई राखेका थिए ।
कार्यक्रम दुतवासका उपनियोग प्रमुख कुष्ण चन्द्र अर्यालले संचालन गरेका थिए भने द्दितिया सचिव टोप नारायण गिरीले अतिथिहरुलाई स्वागत गरेका थिए । ९ औँ गणतन्त्र दिवसको उपलक्ष्यमा दुतावास र राजदुत निवासमा आजदेखी ३ दिनसम्म दीपावली गरिने विज्ञप्तिमा जनाईएको छ ।