जापान । एनआरएनए आईसीसीको उपमहासचिव पदमा सोम सापकोटाले उम्मेदवारी दिने भएका छन् ।
आगामी अक्टुबरमा हुने निर्वाचनका लागि वर्तमान प्रवक्ता समेत रहेका सापकोटाले उम्मेदवारी दिने जानकारी दिएका हुन्।
सङ्घको स्थापनाकालदेखिनै सक्रिय सापकोटा सङ्घको विभिन्न पदीय जिम्मेवारी रही नेपाल र नेपालीहरूको हक हितका संस्थागत रूपमा क्रियाशील छन्।
सन् २००६ मा गैर आवासीय नेपाली सङ्घ पोर्चुगलको राष्ट्रिय समन्वय परिषदको निर्वाचित सदस्य हुँदै संघमा जोडिएका सापकोटाले सन् २००८ मा डेनमार्कको संस्थापक अध्यक्ष जिम्मेवारी निवार्ह गरे। सापकोटा सन् २०११–२०१३ सम्म गैरआबासीय नेपाली सङ्घको केन्द्रीय सदस्य सन् २०१५–२०१७ यूरोपको उपसंयोजक र सन् २०१७–२०१९ मा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्य परिषदको सहकोषाध्यक्षमा निर्वाचित भए । यसैगरी सन् २०१९–२०२१ मा केन्द्रीय सल्लाहकार भएका सापकोटा हाल सङ्घको प्रवक्ताको जिम्मेवारीमा रहेका छन् ।
नेपालमा गैरआवासीय नेपाली सङ्घ मध्यमबाट ईलाइबेरी स्थापना, पर्यटन प्रवर्द्धन, लगानीमार्फत रोजगारी लगायतमा सापकोटाले भूमिका खेलेका छन् ।
सङ्घको एघारौँ विश्व सम्मेलन तथा निर्वाचन अक्टुबर १७-१९ तारिख अर्थात् असोज ३० गतदेखि कार्तिक ३ गतेसम्म काठमाडौँमा हुँदैछ ।