सोमबार, बैशाख ०७, २०८३

जापानबाट एनआरएनए आईसीसीको कोषाध्यक्षमा सुदन थापाले उम्मेद्वारी दिने

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कोषाध्यक्षमा सुदन थापाले उम्मेद्वारी दिने भएका छन् । एनआरएनए जापानका पूर्व अध्यक्ष थापाले कोषाध्यक्षमा उम्मेद्वारी दिन लागेका हुन् ।
एनआरएनए आईसीसीको पूर्व युथकोअर्डिनेटरको जिम्मेवारी समालेका थापाले धेरै साथीहरुको अनुरोध आएकोले समन्वय गरि कोषाध्यक्षमा उम्मेद्वारी दिन लागेको बताए ।

बिगत १६ बर्षदेखि जापानमा व्यापार- ब्यवसायी र सामाजिक कार्यमा सक्रिय थापालाई काम गर्न अब्बल युवाको उपमा दिएका छन । सन २००८ बाट जापानको कार्यसमिति सदस्य भएर एनआरएनएमा आफ्नो सामाजिक सेवा सुरू गरेका थापाले अहिलेसम्म निरन्तर रुपमा एनआरएनएमार्फत सामाजिक सेवा गर्दै आएका छन । थापा गैरआवासीय नेपाली संघ, जापानको कार्यसमिती सदस्य २ पटक, एनआरएनए जापान राष्ट्रिय समन्वय परिषद जापानको कार्यसमिति उपाध्यक्ष, कार्यसमिति अध्यक्ष तथा एनआरएनए आइसीसी युवा संयोजक हुदै लामो समयसम्म एनआरएनएमा निरन्तर काम गर्ने अभियन्ताको रूपमा परिचित छन।

थापाले गैरआवासीय नेपाली संघ जापानको अध्यक्ष रहदा ५ करोड येनको आपतकालिन राहत कोषको स्थापना, पटक पटक नेपाल फेस्टिवलको संयोजक, नेपाल जापान कुटनीतिक सम्बन्धको ६०औं वर्षगाठको सुभ अवसरमा नेपालमा पहिलो पटक जापान फेस्टिवल तथा ऐतिहासिक नेपाल फेस्टिवलको नेतृत्वदायी भूमिका निभाएर सफल पारेका थिए।

युवाहरु बीचमा लोकप्रिय रूपमा रहेका थापाले नेपालमा गएको महाभुकम्पमा जापान सरकार तथा जापानी नागरिकहरुले नेपालप्रति देखाएको सहानुभूति तथा आर्थिक सहयोग लगाएत उल्लेखनीय कार्य गरेको थियो ।