सोमबार, बैशाख ०७, २०८३

धादिङ समाज जापानको केन्द्रीय सदस्यमा ५ जना मनोनित

टोकियो । धादिङ समाज जापानको सन २०२३-०२५ कार्यसमितिले बिभिन्न क्षेत्रबाट केन्द्रीय सदस्यहरु मनोनित गरेको छ।

विभिन्न पेशा व्यवसाय तथा अध्ययनका शिलशिलामा जापानमा रहेका धादिङेलीहरुको संस्था धादिङ समाजका अध्यक्ष श्यामहरि तिम्सिनाका अनुसार अगस्ट २७ तारिख बसेको कार्यसमिति बैठकले विभिन्न ५ क्षेत्रबाट १/१ जना केन्द्रिय सदस्य मनोनित गरिएको हो ।

समाजका महासचिव बिजय सडौलाले बताए अनुसार,ओसाका बाट बिकाश अधिकारी,नगोयाबाट राज कुमार बानिया,सिजुओकाबाट बिशाल भण्डारी, चिबाबाट सरोज गिरी र ओकिनवाबाट मंगल सुनुवारलाई मनोनयन गरिएको हो।

धादिङ समाज जापानले जापानमा रहेका धादिङेलीहरुलाई एकतावद्ध गर्दै भइपरी आउँदा सरसहयोग तथा अन्य संघसंस्थाहरुसंग पनि समन्वय गर्दै सामाजिक कार्यहरु गर्दै आएको छ।

यसका साथै समाजले आउँदो सेप्टेम्बर १७ तारिख टोकियोमा हरितालिका तीजको अवसरमा जापानमै रहेका कलाकारहरुको प्रस्तुती सहित तीजको दर खुवाउने कार्यक्रम समेत आयोजना गर्ने तयारी गरिरहेको छ।