टोकियो । बिपी चिन्तन तथा गणेशमान फाउन्डेसन जापानले नेपाल बाट जापान भ्रमणमा आउनु भएका गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र महालक्ष्मी नगरपालिकाका उप मेयर लक्ष्मी महर्जनलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ❘
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र महालक्ष्मी नगरपालिका का उपमेयर लक्ष्मी महर्जन लगायत तार्केस्वर नगरपालिकाको प्रशासन प्रतिनिधि, ठिमी नगरपालिका प्रशासन प्रतिनिधि, गोदावरी नगरपालिकाका प्रशासन प्रतिनिधिलाई जापानमा स्वागत तथा अन्तर्क्रिया आयोजना गरेको थियो।
बिपी चिन्तन तथा गणेशमान फाउन्डेसन जापानका अध्यक्ष डा.बलराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमूख अतिथि गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, विशेष अथिति महालक्ष्मी नगरपालिकाका उपमेयर लक्ष्मी महर्जनले गर्नुभएको थियो । विशिष्ट अतिथीमा एनआरएनए आईसीसीका उपाध्यक्ष महेश कुमार श्रेष्ठ र एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग रहनुभएको थियो ।
त्यस्तै अन्य अतिथिमा एनआरएन जापानकी पूर्व संरक्षक अनिता गुरुङ, नेपाली जनसम्पर्क समिति जापानका उप सभापति तथा महाधिवेशन प्रतिनिधि राजेन्द्र जमरकट्टेल, नेपाल जनसम्पर्क समिति जापानका कोषाध्यक्ष एबम महाधिवेशन प्रतिनिधि बाबुराम सापकोटा, तार्केश्वर नगरपालिकाका प्रशासन प्रतिनिधि, ठिमी नगरपालिका प्रशासन प्रतिनिधि गोदावरी नगरपालिकाका प्रशासन प्रतिनिधि, एनआरएन केन्द्रिय सदस्य रामु कंडेल, मन्जु बन लगायत बिशिस्ट व्यक्तित्वहरुको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा जापान स्थित बिभिन्न समाजका प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ❘
कार्यक्रमको स्वागत मन्तव्य नेपाली जन सम्पर्क समिति जापानका उपाध्यक्ष राजेन्द्र जमकटेलले गर्नु भएको थियो, भने बोल्ने अधिकांश वक्ताहरूले बिपी र गणेशमानका त्याग योगदानको स्मरण गर्नु भएको थियो❘
एनआरएनए उपाध्यक्ष महेश श्रेष्ठले विश्व भरि छरिएर रहेको सम्पूर्ण गैरआबासिय नेपालीको आर्थिक सामाजिक र राजनीतिक सम्पन्नताको लागि काम गर्ने, प्रवासमा बसेर मतदान गर्न पाउने सुबिधा प्रयोग गर्न पाउने, गैर आबासिय नेपालीलाई परेको पिरमर्कालाई सरकारले तत्काल सम्बोधन गर्न व्यवस्था मिलाउने, रोजगारको सुबिधा लगायतको व्यवस्थाहरुलाई सहज गर्नु पर्ने बताउनु भयो।
कार्यक्रमका प्रमुख अतिथि गजेन्द्र महर्जनले जापानबाट नेपालले प्रबिधि र अनुसाशन सिकेर अगाडी बढ्नु पर्ने र जापानिजहरु जस्तै मेहनती हुनु पर्ने बारेमा बोल्नु भएको थियो भने उपमेयर लक्ष्मी महर्जनले जापानको जाईकाले विपद ब्यबस्थापन लगायत बिषयमा जापानमा आएर सिक्न अबसर प्रदान गरेको र जापानमा पनि नेपालीहरुको एकता र संघ सस्थाको महत्वपूर्ण क्रियाकलापमा सहभागीता तथा स्वागत गरि गरिमा बढाईदिएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यकमको अध्यक्षता गर्दै डा.बलराम श्रेष्ठले नेपालको स्थानीय निकाय तथा सरकारी संघसस्थाहरु तथा नियम कानुन जनता मैत्री हुन् पर्ने साथै मेहनत बापत मात्र कमाई गर्न पर्छ मेहनत नगरी कमाएको रकमको महत्व कानुनी बैधता नहुने शिक्षाको बिकाश गर्दै जानु पर्ने र कुनै पनि संघ सस्था घुस मैत्री हुनु नहुने बताउनुभयो । केवल सेवामैत्री हुन् सक्यो भने मात्र समाज र देशको बिकाश हुन् सक्ने बताउँदै डा. श्रेष्ठले जापानमा अध्ययन, उपाचार गर्न, काम पाउन, ब्यापार ब्यबसाय गर्ने कतै कुनै कर्मचारी नेता भेट्न नपर्ने, सरल रुपमा गर्न सकिने तर नेपालमा जन्मेर पनि नेपाली हु भनेर नागरिता लिन पनि ठुलो संघर्ष गर्न पर्ने जस्ता कुराले जनता मैत्री र सेवा मैत्री हुन् नसकेको अवस्था रहेको बताउनुभयो ।
बिपी र गणेशमानले नेपाली समाजमा गरेको योगदान लाई स्मरण सम्मान गर्दै भोलीका दिनमा पनि त्यसै गरी अगाडि बढ्ने बिपी चिन्तन तथा गणेशमान फाउन्डेसनका प्रबक्ता भेस नारायण श्रेष्ठ ले बताउनु भएको थियो ।
टोकियोमा सम्पन्न कार्यक्रमको संयोजन तथा संचालन दिपक सुबेदी ‘बिप्लब’ले गर्नुभएको थियो ।

