जापान । नेवाः अन्तर्राष्ट्रीय फोरम जापानले अगस्ट २७ तारिक आईतवारको दिन टोकियोमा सामुहिक बेल विवाह (ईही) र ब्रतबन्ध (क्येता पुजा) सम्पन्न गरेको छ।
जापानमा बेल विवाह र ब्रतबन्ध एकै साथ आयोजना भएको यो पहिलो पटक हो र यसलाई एउटा ऐतिहाँसिक कार्यक्रमको रूपमा पनि हेरिएको छ ।
बेल विवाहको लागि ६ जना बालिका र ब्रतबन्धको लागि दुई जना बालकहरूको सहभागिता रहेको थियो ।
गुरू प्रज्वल रत्न बज्रचार्य ज्युले नेवारी परम्परा अनुसार विधिवत यस शुभकार्य गर्नुभएको थियो । उहाँलाई जापानी नागरिक , बौद्धिक अनुयायी युको ओखामोतो ज्यु साथ दिनुभएको थियो ।पुजा पछीको कार्यक्रम संचालन संस्थाको पुर्व अध्यक्ष र बेल विवाह (ईही) र ब्रतबन्ध (क्येता पुजा)लाई सफल बनाउन बिशेषरूपले खट्नुहुने गंगा डंगोलले गर्नुभएको थियो ।
कार्यक्रममा जापानका लागी नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीको समेत सहभागित थियो । बेल विवाह र ब्रतबन्धमा सहभागी बालबालिकाहरूलाई “सहभागिता प्रमाण पत्र” प्रदान गर्नुभएको थियो ।
यस संस्थाले बेल विवाह (ईही) यो तेस्रो पटक र ब्रतबन्ध (क्येता पुजा ) पहिलो पटक आयोजना गरेको हो । जापानमा आफ्नो छोराछोरीको कर्मकाण्ड गर्न पाएकोमा अभिभावकहरू पनि खुशी हुनुहुन्थ्यो । यदी यहाँ गर्न नपाएको भए नेपालमा गएर गर्नुपर्ने हुन्थ्यो , नेपाल सम्म गएर गर्न सबैको बिदा मिलाउन पनि गाह्रो छ, आज सम्पन्न भयो आयोजक संस्थालाई धेरै धेरै धन्यवाद छ, सबै अभिभावकहरूको एउटै स्वर थियो ।
कार्यक्रमको अन्तमा संस्थाको अध्यक्ष बाल कृष्ण डंगोलले जापानमा यसरी कार्यक्रम गर्न पाउँनु हाम्रो लागि गर्वको कुरा हो , हाम्रो सन्ततीको लागि यस किसिमको कार्यक्रम गर्दै जानेछौं । बेल विवाह (ईही) र ब्रतबन्ध (क्येता पुजा ) सहभागी हुनुहुने सबै आभिभावक र बालबालिकालाई धन्यवाद , साथै कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने संस्था भित्र या बहिरको सबै व्यक्तित्वहरूलाई कृतज्ञता प्रकट गर्नुभयो ।
यस संस्थाले दुई सेप्टेबर शनिवारको दिन खासाई रिन्काई कोउयन “क्वाटी पुन्ही” आयोजना गर्दैछ सबैलाई सहभागी हुनको लागि पनि अनुरोध गर्नुभएको छ ।