नवनियुक्त राजदूत राणाद्धारा शिष्टाचार भेटघाटमा ब्यस्त

जापान,१२ जेठ । जापानको लागि नवनियुक्त नेपाली राजदूत प्रतिभा राणाले जापानको परराष्ट्र मन्त्रालयका राज्यमन्त्री शिन्सुकी सुगोयामासंग शिष्टाचार भेट गर्नुभएको छ ।
बिहिबार भेटका अवसरमा राजदूत राणाले जापानी सम्राट समक्ष पेश गर्ने आफ्नो ओहदाको प्रमाणपत्रको प्रतिलिपी प्रस्तुत गर्नुभएको हो । राजदूत राणाले मन्त्री सुगोयामासंगको शिष्टाचार भेटमा नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धका विविध आयामहरुका विषयमा छलफल भएको थियो । सो भेटमा राजदूत राणाले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई अरु प्रगाढ बनाउने प्रयत्न गर्ने र जापान सरकारको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
बिहिबार नै राजदूत राणाले जापानको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापालसंग पनि शिष्टाचार भेट गर्नुभएको थियो । सो भेटमा नेपाली दूताबास टोकियोका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल तथा तृतीय सचिव रेवन्त केसीको उपस्थिति रहेको थियो ,त्यस्तै मन्त्री सुगोयामासंगको भेटमा जापान परराष्ट्र मन्त्रालयका दक्षिण पश्चिम एसिया प्रभागका निर्देशक तथा नेपाल डेस्क अधिकृतको उपस्थिति रहेको थियो ।

नवनियुक्त नेपाली राजदूत प्रतिभा राणाले शुक्रवार पनि जापानस्थित नेपाली समुदाय एनआरएनएका पदाधिकारी अग्रज ब्यक्तित्व,पत्रकार लगाएतकोसंग भेटघाट गर्ने कार्यक्रम रहेको दुतावासले जनाएको छ ।

@तस्विर : रेवन्त केसी

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: