शुक्रबार, मङि्सर २१, २०८१

एनआरएनए एसियाको डीआरसीमा युवा ब्यवसायी सत्यालले उम्मेद्वारी दिने घोषणा

जापान । अबको एनआरएनए, साझा एनआरएनए भन्ने नारासहित गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक उप-संयोजक (DRC) पदमा युवा ब्यवसायी श्रवन सत्यालले उम्मेद्वारी दिने घोषणा गर्नु भएको छ।

आगामी कार्यकाल (२०२३-०२५)को लागि जापानका युवा ब्यवसायी, नेपाल पत्रकार महासंघका संस्थापक कोषाध्यक्ष, साहित्यप्रेमी श्रवन सत्यालले उम्मेद्वारी दिने घोषणा गर्नु भएको हो।

संघका गतिविधिमा स्थापनाकालदेखि सक्रिय उपस्थिति र सहभागीता जनाउँदै एनआरएनए आईसिसिका निवर्तमान सदस्य रहेका सत्यालले अबको एनआरएनए साझा एनआरएनए भन्ने नारा सहित २०२३-२०२५ कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

दुई दशकदेखि जापानलाई कर्मथलो बनाउँदै आइरहेका सत्याल जापानमा अध्ययन, रोजगार पश्चात हाल व्यवसायरत छन् । सामाजिक गतिविधिहरुमा सक्रिय सहभागिता सहित एनआरएनएलाई साझा बनाउने विषयमा आफ्ना धारणा स्पष्टसँग राख्ने प्रष्ट वक्ताका रुपमा समेत सत्याल परिचित छन् ।

जति बोल्ने त्यति गर्ने र जति गर्न सकिन्छ त्यति मात्र बोल्ने स्वभावका सत्याल अग्रज एनआरएनए अभियन्ताहरुलाई हालसम्मको योगदानका लागि धन्यवाद दिंदै अब युवाहरुले यस अभियानलाई थप गति र चलायमान बनाउनुपर्ने बताउनु भयो।

श्रवण सत्याल एनआरएनए आईसिसी सदस्य २०२१-२०२३ कार्यकालका लागि जापानबाट मतदान मार्फत दोस्रो सर्वाधिक मत सहित निर्वाचीत हुनु भएका थिए ।
एनआरएनए एशिया प्यासिफिक क्षेत्रलाई २०२३-२०२५ मा उदाहरणिय बनाउने दृढ संकल्प सहित आफुले उपसंयोजक पदमा उम्मेदवारी घोषणा गरेको बताउनु भयो ।