बिहिबार, साउन १०, २०८१

गायिका सिर्जु अधिकारीको आवाजमा यो प्रित बैमानी पप गित लोकप्रिय बन्दै

काठमाडौं, ११ जेठ । गायनसँगै मोडलको नामले देशविदेशमा चिनिएकी गायिका तथा मोडल सिर्जु अधिकारी र सन्तोश रजौरेको आवाजमा यो प्रित बैमानी नाम गरेको पप गित सार्वजनिक भएको छ ।
उक्त गितको म्युजिक भिडियो युएइको बिभिन्न स्थानमा छायांकन गरिएको छ।  आनन्द आउने फिल्मी स्टाइलको यो प्रित बैमानी सोही गितको शब्द कपिल मनीको सृजना रहेको छ भने सोही गितका गायक सन्तोश रजौरेको संगीत रहेको छ । महाराजा थापाले एरेन्ज गरेका छन् भने बिपिन आचार्यको मिक्सिङ रहेको छ । सोही गितको म्युजिक भिडियोतर्फ नितिन चन्दले निर्देशन गरेका छन् । त्यस्तै रुपेश खड्काले एडिट गरेका छन् । सृजु अधिकारी आँफैले आवाज दिएर गाएको उक्त गितको म्युजिक भिडियोमा आँफैले अभिनय गरेकी छन् भन मोहन बोगटीले उनलाई साथ दिएका छन् ।