बिहिबार, बैशाख ११, २०८२

ललितपुर महानगरपालिकामा कांग्रेसको चिरिबाबु मेयरमा विजयी

काठमाडौं,१० जेठ । एमालेका हरिकृष्ण व्यन्जनकारलाई २१४ मतले पराजित गर्दै  ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा चिरीबाबु महर्जन र उपमेयरमा गीता सत्याल विजयी भएका हुन् ।

एमालेका हरिकृष्ण व्यन्जनकारलाई पराजित गर्दै चिरीबाबु मेयर पदमा निर्वाचित भए भने उपमेयरमा गीता सत्यालले एमाले–राप्रपा गठबन्धनका उम्मेदवार राप्रपाका बाबुकाजी थापालाई हराइन् ।

अहिले कांग्रेस नेता कार्यकर्ताहरुले ललितपुरमा विजय उत्सव मनाइरहेका छन् । मेयरमा निर्वाचित चिरिबाबु र उपमेयरमा निर्वाचित गीता रातो अबिरले रंगीएका छन् । हातमा पार्टीको चारतारे झण्डा बोकेका कार्यकर्ताहरुले ‘नेपाली कांग्रेस जिन्दावाद’को नारा लगाइरहेका छन् ।