शुक्रबार, असार ०१, २०८१

नेपालीहरुको सक्रियतावाट जापानमा चेक पोस्ट निर्माण

टोकियो,१० जेठ । कुनै समय नेपालमा चेक पोस्ट आयो भन्ने बितिकै डराउने गर्थे जुन समय जनयुद्द थियो अहिले जापानमा चेक पोस्ट निर्माण भएको छ त्यो पनि सन्देश मुलक नेपाली सट मुभी जापानको विभिन्न स्थानमा छायांकन गरिएको छोटो चलचित्र ‘चेक पोस्ट’ सामाजिक संजाल युट्युव च्यानलमा सार्वजनिक गरिएको छ ।

ओम प्रकाश गुरुङद्वारा निर्देशित छोटो चलचित्रको लेखन सुरेश रेग्मीको रहेको छ भने मुख्य भूमिकामा मुक्ति बाबु सुवेदी, विक्रम अर्याल, सुरेश रेग्मी लगायतको अभिनय रहेको छ ।

यसका निर्माताहरु इश्वरी कँडेल र सुक बहादुर केसी रहेका छन् ।