सोमबार, भदौ २४, २०८१

टोकियोमा पत्रकार र संघसंस्थाको नेतृत्वविचमा अन्तरक्रिया सम्पन्न

शान्त पहरी, टोकियो,७ जेठ । नेपाल पत्रकार महासंघ जापान शाखाले जापानमा अवस्थित विभिन्न संघ संस्थाहरुसँग पारस्परिक सम्बन्ध विस्तारका लागि अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।
पुर्व निर्धारित समयअनुसार शनिवार १ वाट ५ वजेसम्म शिनओकुवोस्थित बारकाँडे रेष्टुरेण्टमा भएके अन्तरक्रिया कार्यक्रमको भब्यरुपमा सम्पन्न् भएके हो । पत्रकार महासंघ जापान शाखाले नेपालीहरुद्धारा सञ्चालित विभिन्न संघ संस्थाहरुको व्यक्त्विहरुसंग परिचय,चियापान गरि सम्पन्न कार्यक्रममा जावानवासी नेपालीको उल्लेख्य सहभागि रहेको थियो ।
कार्यक्रम नेपाली दूतावास जापानका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालको प्रमुख अतिथ्यतामा, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य पवनबर्षा शाहको विशेष अतिथि ,अतिथिहरुमा गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष सुदन थापा,महासचिव तथा नेपाल सरकारको अवैतनिक पर्यटन प्रतिनिधी अनुज थापा लगाएत अतिथिको आसनबाट सुझाव दिनु भएको थियो ।
गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष सुदन थापाले जापानमा विपत आउदा र भैपरि आउने काममा सबैको साथ सहयोग रहेता पनि धेरै जसो संस्थाका ब्यक्तिहरु गैरजिम्मेवारी ढंगवाट र नेपालीपन भन्दा पनि क्षेत्रिय,नातावाद र जातिय रुपमा सहयोग गर्दाले जापानमा कोहि नभएकाहरुमा विपत परे वा मृत्यु भए लास उठाउन समेत हम्मे हुदै आएकोले सबैलाई नेपाली भएर सोच्न अपिल गर्नुभयो । त्यसैगरि पत्रकार महासंघ केन्द्रीय सदस्य पवनबर्षा शाहले नेपाली मिडिया नेपालीहरुको पक्षमा रहेर काम गरिरहेको औलाउदै ,कसैको दवावमा नपरि सत्यतथ्य समचार संकलनको लागि पत्रकारहरुलाई अनुरोध गर्नुभयो । साथै प्रमुख वक्ताको रुपमा वोल्दै जापानस्थित नेपाली राजदूतवासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले जापानमा नेपालीहरुको सङ्ख्यामा वृद्धि भएसँगै विकृति बढिरहेको औलाउदैँ कानुनविपरीत खोलिएका नेपालीका संघसंस्थाको कार्यशैलीप्रति जापान प्रहरीले निगरानी गरिरहेको खुलासा गर्दै नेपाल र नेपालीको शिर झुकाउने काम नगर्न सबैलाई अनुरोध गर्दै सत्यमा आधारित समाचार प्रसारण प्रकाशन गर्न अनुरोध गर्नुभयो ।
उक्त कार्यक्रममा सहभागि भै प्रवासी नेपाली मन्च जापानका महासचिव सुरेश केसी,बाँके वर्दिया मैत्री,समाजका अध्यक्ष जनकविक्रम शाही,स्याङ्जा समाज जापानका अध्यक्ष सागरमणि भण्डारी,पाल्पा,समाजका जापानका अध्यक्ष निरन्जन गैरे,गुल्मेली समाज जापानका अध्यक्ष शालिकराम भण्डारी,नेपाली जन प्रगतिशील समाज जापानका अध्यक्ष दिनेश शाही,धादिङ समाज जापानका अध्यक्ष कृष्ण प्रसाद खनाल,नेपाली जनसम्पर्क समिति जापानका कार्यवाहक अध्यक्ष पुष्करजंग थापा,एभरेष्ट ईन्टरनेशनल स्कुल जापानका अध्यक्ष डाक्टर भूपाल मान श्रेष्ठ,यूथ फर अल जापानका उपाध्यक्ष राजन पन्त,किराँत याक्थुङ चुम्लुङ जापानका सचिव मनकुमार तुम्सा,पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानका अध्यक्ष सुभाष प्रसाद लोहनी,राप्ती सोसाइटी जापानका संयोजक विशेश्वर रेग्मी,जनप्रगतिशील मन्च जापानका सचिव जनक सुवेदी,नेपाल इकोनोमिक्स अर्गनाइजेसनका अध्यक्ष जीवनराज भण्डारी,तमु धीं जापानका अध्यक्ष श्री भक्त गुरुङ,म नेपाली ग्रुपका प्रतिनिधी इन्दिरा गौतम,ओएनएफ जापानका कार्यवाहक अध्यक्ष वावुराम भण्डारी,नेपाली जनसम्पर्क समितिका महामन्त्री रामजंग कार्की,अन्तर्राष्ट्रिय नेपाली समाज जापानका संयोजक पदम ठगुन्ना,जापान नेपाली एकता समाजका प्रतिनिधी मानवहादुर क्षेत्री,कास्की पोखरा समाजका कार्यवाहक अध्यक्ष विश्व सुवेदी लगाएत विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुले पत्रकारहरु समाजको आँखा हो भन्दै जापानवासी नेपाली समाजलाई सहि दिशा निर्देशन गर्ने खालको काम गरि आम संचार सत्थ तथ्य हुनु पर्ने विचार राखेका थिए ।
कार्यक्रममा थकाली सेवा समिति जापानका अध्यक्ष वुद्धी गौचन,ओनो जापानका अध्यक्ष चन्द्र उपाध्याय
,गोरखा समाज जापानका वरिष्ठ उपाध्यक्ष कमला काप्री लगाएत ७ दर्जन भन्दा बढी व्यक्तित्वहरुको उपस्थिति रहको थियो ।
कार्यक्रमममा नेपाल पत्रकार महासंघ नेपालका अध्यक्ष डाक्टर महेन्द्र विष्टको शुभकामना मन्तव्य र स्वागत मन्तव्य पत्रकार महासंघ जापानका उपाध्यक्ष पूर्ण चलाउनेले राख्नु भएको थियो ।
महासंघको जापान शाखाका मोहन घलेको सभापतित्वमा भएको कार्यक्रम सचिव ऋतु दुराले संचालन गरि सम्पन्न् भएको थियो ।fnj2fnj japanfnj3