टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल २०२३-०२५ कार्यकालको लागि सचिन श्रेष्ठले उपाध्यक्ष पदमा उम्मेदारी दर्ता गराएका छन् ।
एनआरएनए जापानको आगामी कार्यकाल २०२३-०२५ कार्यकालको लागि सचिन श्रेष्ठले उपाध्यक्ष पदमा उम्मेदारी दर्ता गराएका हुन।
टोकियो सिनओकुवोमा रेस्टुरेन्ट व्यवसाय संचालन गर्दै आएका श्रेष्ठले २००८ देखी नै एनआरएनए अभियानमा संलग्न भई सन २०१७-०१९ मा केन्द्रीय सदस्य तथा सन २०१९-०२१ को लागि सह-कोषाध्यक्ष पदमा रही सक्रियताका साथ यस अभियानमा जुट्दै आएका छन् ।
सचिनले विगतमा दिनमा देखीएको आर्थिक अनियमितता तथा संस्थाको कोष दुरुपयोग आदिमा अभियानमा लागेकै केही व्यक्तिहरूको संलग्ताले गर्दा सिङ्गो संस्थाको गरिमामा गम्भीर आँच आएको उल्लेख गर्दै, संस्थालाई शुद्धीकरण गर्नको लागि यस अघि पनि प्रयास गरेको र अब थप प्रयत्न गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।
एनआरएनए जापानलाई एक नमुना संस्था बनाउन म हरदम लागि पर्ने प्रतिबद्धता सहित सचिनले जापानबासी गैरआवासीय नेपालीहरु माझ भोटको लागि अपिल गरेका छन् । एनआरएनए जापानको महाधिवेशन २९ तारिख र निर्वाचन जुलाई ३० तारिख हुनेछ।