टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल २०२३-०२५ का केन्द्रीय महिला सदस्यमा ललिता तामाङले उम्मेदारी दर्ता गराएका छन् ।
एनआरएनए जापानको आगामी कार्यकाल २०२३-०२५ कार्यकालको लागि केन्द्रीय महिला सदस्यमा ललिता तामाङले उम्मेदवारी दर्ता गराएकी हुन।
एनआरएनए अभियानमा संलग्न भई सन २०१९-०२१ मा कान्तो क्षेत्रको सदस्य, २०२१-०२३ मा उप-आयोजक भई काम गरेकी ललिताले अझ सक्रियताका साथ यस अभियानमा जुट्न केन्द्रमा आएको बताईन ।
नेपाल तामाङ समाजको सचिव ललिताले संस्थालाई शुद्धीकरण र महिला सक्रियताको लागि काम गर्न र एनआरएनए जापानलाई एक नमुना संस्था बनाउने प्रतिबद्धता सहित आएकोले जापानबासी नेपालीलाई भोटको लागि अपिल गरेकी छन् ।
एनआरएनए जापानको राष्ट्रीय महाधिवेशन २९ तारिख योकोहामा र निर्वाचन जुलाई ३० तारिख हुने कार्यतालिका छ।