जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रीय समन्वय परिषद (आइसीसी)को सदस्यमा जापानबाट युवा ब्यवसायी कार्कीद्वारा उम्मेदवारी दर्ता गर्नुभएको छ।
जापानबाट एनआरएनए आइसीसी सदस्यमा आगामी कार्यकाल २०२३-०२५ काे सदस्यमा जापानबाट युवा ब्यवसायी सुमन कार्कीद्वारा उम्मेदवारी घोषणा गरि दर्ता गरेको जानकारी गर्नुभएको छ।
एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद सदस्य छ जनाको लागि बिष्णुप्रसाद घिमिरे, बाबुराम खरेल, विजेश थकाली, छत्रबहादुर दाहाल, कृष्ण केसी (थम्मन खत्री), राम थापा अनिल, श्री भक्त गुरुङ,विकास श्रेष्ठ र सुमन कार्की गरि नौ जनाले उम्मेदवारी दर्ता गराएका छन ।
प्रारम्भिक उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुको दाबी विरोध र उम्मेदवारी फ़िर्ता लिनको लागि जुलाई २६ तारिखसम्मको अवधि तोकिएको छ ।
एनआरएनए आइसीसी सदस्य निर्वाचित हुनको लागि जापानको ११ औं राष्ट्रीय महाधिवेशन जुलाई ३० तारिखको निर्वाचनबाट निर्वाचित हुनु पर्ने प्रावधान छ ।