शनिबार, असार १३, २०८३

एनआरएनए आइसीसी सदस्यमा जापानबाट विजेश थकालीको उम्मेदवारी दर्ता

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रीय समन्वय परिषद (आइसीसी)को सदस्यमा जापानबाट विजेश थकालीले उम्मेदवारी दिने घोषणा गरि दर्ता गर्नुभएको छ।

जापानबाट एनआरएनए आइसीसी सदस्यमा आगामी कार्यकाल २०२३-०२५ काे सदस्यमा नेपाली ब्यवसायी संघ जापानका अध्यक्ष थकालीले उम्मेदवारी घोषणा गरि उम्मेदवार दर्ता गरेको जानकारी गर्नुभएको छ।
एनआरएनए आइसीसी सदस्य निर्वाचित हुनको लागि जापानको ११ औं राष्ट्रीय महाधिवेशन जुलाई ३० तारिखको निर्वाचनबाट निर्वाचित हुनु पर्ने प्रावधान छ । एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद सदस्य छ जनाको लागि बिष्णुप्रसाद घिमिरे, बाबुराम खरेल, विजेश थकाली, छत्रबहादुर दाहाल, कृष्ण केसी (थम्मन खत्री), राम थापा अनिल, श्री भक्त गुरुङ,विकास श्रेष्ठ र सुमन कार्की गरि नौ जनाले उम्मेदवारी दर्ता गराएका छन ।
प्रारम्भिक उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुको दाबी विरोध र उम्मेदवारी फ़िर्ता लिनको लागि जुलाई २६ तारिखसम्मको अवधि तोकिएको छ ।