यस वर्षको एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार ‘छक्का पन्जा’को पोल्टामा

काठमाडौं,६ जेठ ।  नेपाल चलचित्र विकास कम्पनी (एनएफडीसी)ले हरेक बर्ष आयोजना गर्दै आएको ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’का लागि यो बर्षको नोमिनेशन सार्वजनिक गरिएको छ । वि.सं २०७३ साल वैशाख १ गतेबाट चैत्र मसान्तसम्म रिलिज भएका चलचित्रले यो अवार्डमा भाग लिएका छन् ।
काठमाण्डौमा आयोजना भएको एक कार्यक्रममा चलचित्रकर्मी र पत्रकारको उपस्थितीमा नोमिनेशन सार्वजनिक गर्दै प्रमाणपत्र वितरण गरिएको थियो । नोमिनेशन सार्वजनिक कार्यक्रममा नायिका प्रियंका कार्की, नायक आयुष्मान देसराज जोशी, नायिका छुल्ठिम गुरुङ, निर्देशक दीपाश्री निरौला, हाँस्य कलाकारद्धय जीतु नेपाल, केदार घिमिरे, निर्माता छविराज ओझा, सुवास गिरी, कलाकारद्धय मिथिला शर्मा, गौरी मल्ल लगायतको उपस्थिती थियो ।

यस्तै, कार्यक्रममा गायक, गायिका, संगीतकारहरु पनि उपस्थित थिए । यस पटकको अवार्डमा चलचित्र ‘छक्का पन्जा’को वर्चस्व देखिएको छ । असार ३ गते अवार्ड आयोजना हुने बताइएको छ । यो बर्ष २१ वटा विधामा अवार्ड आयोजना हुनेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: