जापान । पहिलो पटक जापानको नारितामा आयोजना गर्न लागिरहेको सांगितिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।
The We “हामी ब्यान्ड” ले सांगितिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको हो।
नेपाली गीत संगीत अनि कलाकारहरुलाई हौसला दिने उद्देश्यले आयोजना गर्न लागि रहेको सो सांगितिक कार्यक्रममा The We ब्यान्ड र मर्करी ब्यान्डको प्रस्तुति रहनुका साथै जापानमा उदयमान युवा गायक एजिन राइको बिशेष प्रस्तुति रहने कार्यक्रम संयोजक अनिश श्रेष्ठले जानकारी दिनुभयो ।
नारिता स्थित स्काइटाउन हलमा आगमी अगस्ट ५ तारिख बेलुकी ५ बजेबाट सुरु हुन गइरहेको कार्यक्रम प्रचार प्रसार तिब्र रुपमा भइरहेको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
जापानमा पहिलो पटक नेपालि ब्यान्डले आफै कार्यक्रम संन्चालन गरी एतिहासिक साँगितिक कार्यक्रम गर्न लागिरहेको हुँदा सबै जापानबासी नेपालिहरुलाइ उपस्थित भइ सहयोग गरिदिन हुन समेत आयोजकले अनुरोध गरेको छ ।