शुक्रबार, असोज १२, २०८०

जसपा प्रवास संगठन नेपाली समाज जापानको चौथो महाधिवेशन अगस्ट १३ मा हुने

टोकियो । जनता समाजवादी पार्टीको प्रवास संगठन नेपाली समाज जापानको चैथो महाधिबेशन १३ अगस्ट २०२३ मा सम्पन्न हुने भएको छ ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) को प्रवास समिती नेपाली समाजले टोक्यो जापानमा महाधिवेशन गर्न लागेको हो ।

नेपाली समाज जापानको किता कान्तो क्षेत्रीय समिति, कान्साइ क्षेत्रीय समिति र कानागावा क्षेत्रीय समिति कृयाशिल रहेका छन भने नागोयामा क्षेत्रीय समिति निकट भविश्यमा गठन हुने महासचिव गेल्बु शेर्पाले जानकारी दिनुभयो ।

चौथो महाधिवेशन संग सम्बन्धित सबै तयारी सकिएको र नेपाली समाज जापानले चौथो महाधिबेसनमा नविन कार्य बिधी प्रयोग गर्ने महाधिवेशन ब्यबस्थापक संयोजक तथा उपाध्यक्ष शिशिर निङलेकु लिम्बुले बताउनु भयो ।

नेपाली समाज, जापान र जापानबासी नेपाली समुदाय बीच सुमधुर सम्बन्ध कायम गरेर एक आपसमा सहयोग गरा गर गर्ने उदेश्यका साथ ‘जापानवासी नेपालीहरुमा सहयोग र सद्भाव हाम्रो अभियान ! संघीयता, सुशासन, समृद्दि र समाजवाद प्राप्ति हाम्रो आन्दोलन’ भन्ने नारा चयन गरिएको अध्यक्ष पेम्बा शेर्पाले बताउनु भयो ।

पहिचानको राजनीति पेचिलो बन्दै गएको अवस्था छ । त्यस कारण नेपाली समाज, जापानको नेत्रूत्वमा खास खास ब्यक्तित्वहरुको नेत्रूत्व लिने चाहाना राख्ने संख्या धेर भएकोले पदीय ब्यबस्थापनमा कठिनता रहेको निर्वाचन समितिका संयोजक गिरी प्रसाद गुरुङले बताउनु भयो ।

नेपाली समाज जापानले चौथो महाधिवेशन टोकियोस्थित ओकुतामा रिभर राफ़्टिंग र बार्बिक्यु सहितको कार्यक्रमसंगै नयाँ शैलीमा गर्न लागिरहेको छ ।