जापान । तमु धीं जापानले २५औं रोधी साँझ गर्नेभएको छ ।
तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित जेहेन्दार बिद्यार्थी छात्रवृति कोषको सहयोगार्थ तमु धीं जापानले २५ औं रोधी साँझ गर्नेभएको हो।
अगष्ट १३ तारिख आईतवार लेकाली व्याण्डको साथमा पछिल्लो समयका चर्चित गायक सुजन चापागाईको मुख्य प्रस्तुती रहने बताईएको छ । गायक चापागाईका फुलथुंगे रानी,घुमी घुमी लगायत दर्जन गीत चर्चामा रहेका छन । यसका साथै बिबिध सांस्कृतिक कार्यक्रम सहित रोधी साँझको आयोजना गर्नलागिएको अध्यक्ष रमेश कुमार गुरुङले जानकारी दिनुभयो ।
टोकियोको सिन्जुकु खाबुकीच्यो स्थित वार्प क्लब सिन्जुकु (warp club shinjuku)मा दिनको ३ बजेबाट कार्यक्रम हुने सचिव विनय गुरुङले बनाउनु भयो।
रोधी साँझ कार्यक्रमलाई सफलतापूर्वक रूपमा सम्पन्न गर्न तथा ब्यवस्थित साथै मर्यादित पार्नका लागि विभिन्न उप-समितिहरू गठन गरी जिम्मेवारीहरू तोकिएको तमू धीं जापानको २५औं रोधी साँझ कार्यक्रमका संयोजक जिवन गुरूङले जानकारी दिनुभयो।
उप-समितिहरु:
क) प्रचार प्रसार उप-समिति
संयोजकः- संरक्षक श्री गुरूङ
सदस्यहरूः- उपाध्यक्ष चित्र गुरूङ
महासचिव खेम गुरूङ
सचिव विनय गुरूङ
ख) आर्थिक संकलन उप-समिति
संयोजकः-सल्लाहकार बिष्ट गुरूङ
सह-संयोजकः-उपाध्यक्ष अनिला गुरूङ
सदस्यः-कार्यसमिति सदस्य कुल गुरूङ
ग) टिकट 🎫 काउन्टरमा
कोषाध्यक्ष मिथुन गुरूङ
सह-कोषाध्यक्ष टम गुरूङ
घ) मञ्च ब्यावस्थापन तथा सजावट
संरक्षक हर्क गुरूङ
सल्लाहकार युक्तमान गुरूङ
उपाध्यक्ष अरमन गुरूङ
संरक्षक यम गुरूङ
ङ) अतिथि सत्कार
सल्लाहकार ईश्वर गुरूङ
“” ओम गुरूङ
“” हिमाली गुरूङ
उपाध्यक्ष सोममाया गुरूङ
“” अनिला गुरूङ
च) स्वयंसेवक उप-समिति
संयोजकः-उपाध्यक्ष लिल गुरूङ(नमस्ते)
सदस्यहरूः-कार्यसमिति सदस्य कुल गुरूङ
युवा संयोजक मुकेश गुरूङ
खेलकूद संयोजक बुद्ध गुरूङ
सह-सचिव दिनेश गुरूङ
साँस्कृतिक संयोजक मान गुरूङ
सल्लाहकार अमर गुरूङ
कार्यसमिति सदस्य टेकन गुरूङ
“” “” ओम संगी गुरूङ