शुक्रबार, असोज ०५, २०८०

एनआरएनए जापानको सेन्दाईको संयोजकमा सन्दिप जिसी,सपथ ग्रहण सम्पन्न

जापान । गैरआवासिय नेपाली संघ जापान अन्तरगत क्षेत्रिय समिती सेन्डाईको नव निर्बाचित कार्यसमितीको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ।
एनआरएनए क्षेत्रिय समितीका संयोजक हरी गोपाल श्रेष्ठको अध्यक्षता एनआरएनए जापानका प्रबक्ता सुभास लामीछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
उक्त कार्यक्रममा प्रमुख अतिथीको हैसियतमा बोल्दै एनआरएनए जापानको ईतिहॅासमा सेन्दाई क्षेत्रले नयॅा ईतिहॅास कायम गरेको र यो अन्य क्षेत्रले पनि यस्को अनुशरण गर्नु पर्ने बताए।
बिभिन्न संघ संस्थाहरुको प्रतिनिधीहरु,निर्बाचन समितीका सदस्यहरु,संघका पुर्व कार्यसमितीका सदस्यहरु उपस्थित उक्त कार्यक्रममा प्रतिबद्दता मन्तब्य राख्दै नव निर्बाचित कार्यसमितीको संयोजक सन्दिप जिसीले संस्थाको गौरबलाई कायम राख्दै सदैब नेपाली समुदायको हितमा कटिबद्द बनेर लाग्ने बताए।
संघको पुर्व समितीका सदस्य तथा नव निर्बाचित सचिब प्रकाश बिश्वकर्माको संचालन कोषाध्यक्ष कृष्ण बिक्रम घिसिंघको स्वागत मन्तब्य मा सम्पन्न उक्त कार्यक्रममा निर्बाचन आयोगका आयुक्त अरुण दुवाडी,प्रदिप खत्री लगाएतका अतिथीहरुले आफ्नो मन्तब्य राखेका थिए।

गैरआवासीय नेपाली संघ जापान तोहोकु सेन्दाइ क्षेत्रीय समिति सेन्दाइको तेश्रो अधिबेशन अन्तर्गतको मतदानबाट बिजयी हुनेहरु :
संयोजक : सन्दिप जिसी
उप-संयोजक : आशिष गुरुङ्ग
: भरत बहादुर बम
: अनिल गिरी
उप-संयोजक महिला : कुस्मिता थापा
सचिब : प्रकाश बिश्वकर्मा
सह सचिब : छिरिग ग्याबा तामाङ
: शिब कुमार भण्डारि
कोषाध्यक्ष : शिर बहादुर काउचा
सह-कोषाध्य्क्ष : दिपक तामाङ
युवा संयोजक : मकेन्द्र सोडारि
सदस्यहरु-
कुमार पौडेल
राजन ढकाल
तेज प्रसाद दहाल
राजेश खनाल
सुमन लामिछाने
महिला सदस्य : ममता लामिछाने
बाँकी ८ जना सदस्यहरु अबको कार्यसमितिको मिटिङ्बाट मनोनित गरिने जनाएको छ ।