शुक्रबार, असोज ०५, २०८०

एनआरएनए जापान चिबाको संयोजकमा समीरजंग खड्का सर्वसहमत चयन

जापान । गैरआवासीय नेपाली संघ एनआरएनए जापान चिबा क्षेत्रीय समितिको संयोजकमा समीरजंग खड्का चयन हुनु भएको छ ।
आगामी २०२३-२०२५ कार्यकालको लागि संयोजक पदमा निर्बिरोध निर्बाचित खड्कासहित सम्पूर्ण निर्बिरोध निर्वाचित भएकि छन ।

जुलाई ८ तारिख शनिवार सम्पन्न अधिवेशनबाट संयोजकमा समिर खड्का र उपसंयोजकमा शंकर सुवेदी सहित रमेश गिरी र टेकराज सोम थापालाई चयन गरेको छ । एक जना उपसंयोजकमा महिला रहने व्यवस्था रहेपनि उम्मेदवारी नपरेपछि रिक्त रहेको छ ।
यसैगरि सचिवमा मोहन कार्की चयन हुँदा सह-सचिवमा यमलाल कँडेल र मनिष खनाल चयन भएका छन् ।
कोषाध्यक्षमा कुल प्रसाद सुवेदी ‘राजन बावु’ तथा सह-कोषाध्यक्षमा बिमल प्रसाद न्यौपाने चयन भएका छन् ।
युवा संयोजकमा खगेन्द्र प्रसाद भट्ट चुनिंदा सदस्य तर्फ टिकाराम न्यौपाने, सरोज गिरी, अनित केसी खत्री, गोकुल दाहाल, कुमार लामा र प्रकाश आचार्य चयन भएको नव निर्वाचित संयोजक समिर खड्काले जानकारी दिनुभयो ।

अतिथिहरुको स्वागतार्थ खादा माला लगायतमा गरिने खर्चलाई सामाजिक काममा सदुपयोग गर्दै ३ मान जापानी येन इचिखावामा ब्रेन ट्युमरको चौथो चरणको उपचार गराइरहेका खनाल थरका बिरामीलाई सहयोग गर्दै केहि नौलो थालनिको सुरुवात गरिएको संयोजक खड्काले जानकारी दिनुभयो ।