शनिबार, असार ३०, २०८१

पत्रकार महासंघ जापानले संघसंस्थाबीच वृहत अन्तरक्रिया गर्दै

टोकियो,४ जेठ । नेपाल पत्रकार महासंघ जापान शाखाले जापानमा क्रियाशील विभिन्न संघ संस्थाहरुसँग पारस्परिक सम्बन्ध विस्तारका लागि अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

यही मे २० तारिख शनिवारका दिन शिनओकुवोस्थित बारकाँडे रेष्टुरेण्टमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागिएको हो । महासंघ जापान शाखाले नेपालीहरुद्धारा सञ्चालित विभिन्न संघ संस्थाका अध्यक्ष, महासचिवलाई कार्यक्रममा सहभागिता जनाउन आग्रह गरेको छ । गत महिना महासंघको जापान शाखामा मोहन घलेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो ।

महासंघले जापानमा सञ्चालित नेपालीहरुका संघ संस्थाका गतिविधिहरुलाई सञ्चार माध्यममा ल्याउनका लागि सहजिकरणको महासंघ जापान भई आफ्नो संस्थाका बारेमा जानकारी गराउन र परिचय आदान प्रदान गर्न आह्वान गरेको छ ।

कार्यकम मिति- २० में २०१७ समय- दिनको १ बजे स्थान – बारकॉडे रेष्टुरेन्ट, सिनओकुबो