जापान । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान र गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानले संयुक्त आयोजना जीवनका रङ्गहरू बारे कार्यक्रम हुने भएको छ ।
प्रेरक वक्ता सुधन ज्ञवालीको विशेष उपस्थितिमा जुलाई ९ तारिख आइतबार एक विशेष कार्यक्रम आयोजना हुने भएको हो।
पछिल्लो समयमा जापानमा रहने नेपाली समुदायमा नकारात्मकता, निराशा र थुप्रै आत्महत्या लगायतका दूर्घटनाहरू निम्तिरहेकाले यिनै कुराहरूलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गर्न थालिएको आयोजक संस्थाहरुले जनाएको छ।कार्यक्रममा सकारात्मकता तथा प्रेरणादायी कथाका वक्ता सुधन ज्ञवालीसहित कविहरू आनन्द अधिकारी, सविना रेग्मी र सुरज हुक्पा चोङवाङ आफ्ना कविताका साथमा उपस्थित हुनेछन्।
कविताको लय र जीवनका रङ्गहरू नाम दिइएको उक्त कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ।
साहित्यिक रसास्वादन तथा जीवनबोध र प्रेमका कथाहरूले पक्कै पनि तपाईँ हाम्रो जीवनमा केही रङ्ग थप्नेछ’’ आयोजकमध्ये एक अनेसास जापानका अध्यक्ष रविन शर्माले बताउनु भयो ।
कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न बिभिन्न चरणमा तयारीहरू भैरहेको र कार्यक्रममा सबैको सहयोग र उपस्थितिका लागि एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जापानवासी नेपालीहरूमा अनुरोध गर्नु भएको छ।
कार्यक्रम आउँदो जुलाई महिनाको ९ तारिखका दिन जापान ग्लास इन्डष्ट्रीको सभाहलमा कार्यक्रम हुने अनेसास जापानको कोषाध्यक्ष दिपा घिमिरेले जानकारी दिनु भयो ।
को हुन प्रेरक वक्ता सुधन ज्ञवाली ?
नेपालको गुल्मी जिल्लामा जन्मिएर काठमाडौं बस्दै आउनु भएका सुधन ज्ञवाली विश्व स्वास्थ्य संगठनमा कार्यरत हुनुहुन्छ ।
ज्ञवालीले यसअघि लामो समय रेडियो नेपाल, नेपाल टेलिभिजनलगायत सञ्चार माध्यममा काम गरिसकेका छन् । पछिल्लो चरणमा प्ररेक वक्ताका रुपमा चर्चित ज्ञवालीले शिखर न्यूज डटकमको युट्युब च्यानलबाट सकारात्मक सोचसम्बन्धी कार्यक्रमसमेत सञ्चालन गरेका छन् ।
नेपालबाट लामो समयदेखि मोटिभेसनल स्पिकरका रुपमा सक्रिय ज्ञवाली नेपालको धेरै जसो जिल्ला र विभिन्न देशहरुमा गएर जीवन प्रेरणाका कथाहरु सुनाईसक्नु भएको छ।
ज्ञवाली नेपालमा लामो समयदेखि यहि क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।