टोकियो । नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति जापानले आउँदो जुलाई २ तारिख सदभाव वनभोज (Harmony BBQ) आयोजना गर्ने भएको छ ।
प्रवासको भूमिमा हार्दिकता,मेलमिलाप र नविनताको संगमका रुपमा आयोजना गर्न लागेको बार्बेक्यु कार्यक्रम,जुलाई २ तारिख टोकियोको कासाई रिंकाइ पार्कको बार्बेक्यु स्क्वायरमा आयोजना गर्ने कार्यक्रम संयोजक राजेन्द्र जमरकट्टेलले जानकारी दिनुभयो।
२ दशक भन्दा अघि देखि सामाजिक-राजनीतिक रूपमा क्रियाशील संस्था नेपाली जनसम्पर्क समिति,जापानले पनि कोभिड महामारीको डर र बच्ने,बचाउने संघर्षपूर्ण स्थितिबाट बिस्तारै सहज स्थिति तर्फ अघि बढ्ने परिस्थिति बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै लामो समय पश्चातको भेटघाटलाई पुनर्ताजकि गर्ने उद्देश्यले सद्भाव वनभोज(HARMONY BBQ)कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक जमरकट्टेलले बताउनु भयो ।
जापानको जनसम्पर्क समितिमा केहि समयअघिबाट देखिएको आन्तरिक विवादलाई पनि सदभाव विविक्यूले एकता हुने अपेक्षा गरिएको छ ।

