मङ्गलबार, बैशाख ०८, २०८३

दोलखा समाज जापानले जुन १८ मा बार्बेक्यु कार्यक्रम गर्ने

जापान । दोलखा समाज जापानले आपसि भलाकुसारीका साथ बार्बेक्यु अर्थात् बनभोज कार्यक्रम गर्ने भएको छ ।

योकहामास्थित खामोईमा जुन १८ तारिख दोलखा समाज जापानले बार्बेक्यु अर्थात् बनभोज कार्यक्रम गर्ने भएको हो ।

यही जुन १८ तारिख खानागावा केनको खामोई स्टेशनमा दोलखा समाज जापानले हरेक वर्ष गर्दै आएको बिबिक्यू कार्यक्रम तय गरेको सचिव तथा कार्यक्रम संयोजक विनय गुरूङले जानकारी दिनु भयो ।

१८ तारिख आईताबारका दिन दिउँसो ११ः०० बजेबाट खामोई पार्कमा हुने बिबिक्यूमा खानपिनको साथमा रमाईलो खेल आयोजना गरिएको कार्यक्रम संयोजक एवम् दोलखा समाज जापानका सचिव  गुरुङले बताउनु भयो ।
जापानमा सामाजिक कार्यमा अग्रणी संस्था दोलखा समाज जापानले दोलखाली तथा सम्पूर्ण जापानवासी नेपालीलाई कार्यक्रममा उपस्थितिको लागि समाजका अध्यक्ष रोशन थापाले अपिल गर्नु भएको छ ।