मङ्गलबार, बैशाख ०८, २०८३

लक्ष्मी पाण्डेको दाहसंस्कारको लागि आर्थिक सहयोग गर्न स्याङग्जा समाजको अपिल

जापान । टोकियोमा असामयिक निधन भएकी लक्ष्मी पाण्डेको जापानमै दाहसंस्कार गर्ने भएको छ ।
टोकियोको इतावासी बस्ने ४७ वर्षीय लक्ष्मी पाण्डेको जुन ६ तारिख निधन भई जापानमै दाहसंस्कार गर्ने भएकोले आर्थिक सहयोग गर्न स्याङग्जा समाज जापानले अपिल गरेको छ ।
स्याङ्जा समाज जापानका अध्यक्ष चित्र गुरुङका अनुसार नेपाल स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिका स्थायि घर भइ पछिल्लो ७ बर्षदेखि श्रीमानको साथमा जापानमा बस्दै आएकी पाण्डेको मंगलबार(जुन ६ तारिख) साँझ उपचारकै क्रममा अस्पतालमा निधन भएको हो ।पाण्डे विगत ६ वर्षदेखि मुटुको समस्या कारण उपचाररत रहेकी थिईन्।

लामो समयदेखि उपचाररत परिवारले लामो समयदेखि कामहरु पनि लगातार गर्न नपाईरहेकोले आर्थिक अवस्था पनि कमजोर रहेकोले जापानमै दाहसंस्कार गर्नको लागि खर्च अभाव भएको भन्दै,स्याङ्जा समाजा जापानले आर्थिक सहयोगका लागि आह्वान गरेको छ।

अध्यक्ष गुरुङले भने उपचार गराउँदा गराउँदै कमाएको जति पनि सबै सक्किएको रहेछ बिरामी हेर्नुपर्ने भएपछि काममा समेत जान नपाएकाले आर्थिक अवस्था अत्यन्तै नाजुक स्थितिमा पुगेको रहेछ, त्यसैले समाजले सबै संघ संस्था तथा संगठनहरुलाई सहयोगका लागि आह्वान गरेको बताउनु भयो ।