जापान । गैरआवासीय नेपाली संघ (एनआरएन)जापान, नागोया क्षेत्रीय समितिको ९ औं अधिवेशन जुन १८ तारिख हुने भएको छ ।
एनआरएनए जापान नागोया क्षेत्रीय समितिको २०२१-२०२३ को दुइबर्षे कार्यकाल सम्पन्न हुनुको साथै नयाँ कार्यसमिति २०२३ – २०२५ को नयाँ नेतृत्व चयन गर्न अधिवेशन गर्न लागेको हो ।
एनआरएन जापानले आफ्ना क्षेत्रीय समितिहरूको अधिवेशनहरू तोकिएसंगै एनआरएनए जापान क्षेत्रीय समिति नागोयाको नवौ अधिवेशन तय भएको छ ।
आगामी दुई वर्षे कार्यकालको लागि क्षेत्रीय समिति नागोयाको नवौ अधिवेशन यहि जुन महिनाको १८ तारिख आइतबारका दिन हुन लागेको क्षेत्रीय संयोजक मनोजबम मल्लले जानकारी दिए ।
अधिवेशनलाई व्यवस्थित र मर्यादित बनाउनका लागि निर्वाचन समिति गठन व्यवस्थापकीय कार्यका लागि विभिन्न उप समितिहरू गठन भै तयारी थालिसकेका छौ, यस पटकको अधिवेशन उदाहरणीय र भव्य बनाउन आवश्यक तयारी थालेको बताए।
एनआरएनएको अभियानमा लागेका र यहिमार्फत सामाजिक सेवामा लाग्नका लागि यस क्षेत्रमा रहेका नेपालीहरुलाई उपस्थितिको लागि अपिल गरेको छ।

