बुधबार, असार ०३, २०८३

जापानबाट ईश्वरी अर्यालको नयाँ गीत ‘बर्मा म्यानमार, हेराई ज्यानमारा’ सार्वजनिक

टोकियो । जापानबाट सर्जक ईश्वरी अर्यालको शब्दमा बनेको ‘बर्मा म्यानमार, हेराई ज्यानमारा’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ ।
गायक बसन्त थापा र रचना रिमालको स्वरमा उत्कृष्ठ संगीतको साथमा उक्त गीत सार्वजनिक भएको हो ।
गीतको शब्द लेखन जापानबाट नेपाली लोक दोहोरी गीत संगितको क्षेत्रमा क्रियाशिल ईश्वरी अर्यालले लेखेकी हुन भने उक्त गीतमा युगल जोडिको प्रेम सम्वन्धका विषयहरु समेटिएको छ ।

गीतमा संगीत प्रिया कुमारको रहेको छ । सागर लम्साल ‘बले’ र जुना सुन्दासको उत्कृष्ठ अभिनय रहेको गीतलाई सर्जक ईश्वरी अर्यालले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेकी छन ।