काठमाडौं,३१ बैशाख । आज देशभर नभई स्थानीय सरकार चयनका लागि ३४ जिल्लामा मतदान उल्लासमय रुपमा हुँनेक्रम विहानदेखि सुरु भएको छ ।
विहान ७ बजेबाट मतदान सुरु भएको मतदान केहि स्थानबाहेक शान्तिपूर्ण रुपमा भैरहेको छ । पहिलो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर ३, ४ र ६ का २८३ स्थानीय तहमा स्थानीय जनप्रतिनिधि चयनका लागि मतदान हुन लागेको हो । मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ ।
मतदानका लागि आवश्यक सबै तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । ४९ लाख ५६ हजार ९ सय २५ मतदाता छन् । मतदानका लागि झण्डै चार हजार मतदान स्थल तोकिएको छ । ३ हजार ९२२ मतदान स्थलका ६ हजार ६४१ मतदान केन्द्रबाट मतदाताहरुले आफूले चाहेको उम्मेदवारलाई मत दिनेछन् ।
१३ हजार ५६५ पदमा हुन लागेको निर्वाचनमा झण्डै ५० हजार उम्मेदवार चुनावी मैदानमा छन् । आज यी मतदान भएको जिल्लाहरुमा सुरक्ष ब्यवस्था कडा पारिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
तस्विर : धुर्व बुढाथोकी/रामेछाप