बिहिबार, भदौ २५, २०८३

गजल🦋🌸🇳🇵🇯🇵

#गजल🦋🌸🇳🇵🇯🇵

यति सुन्दर संसारमा पनि किन रून्छ मान्छे ?
अरूको उत्सव देखेर दुखी किन हुन्छ मान्छे ?

मलाई अनेक प्रश्नहरूको बादलले लखेट्छ !
आवेगमा घमण्डको जालो किन बुन्छ मान्छे ?

सम्झ तँ प्रिय, यो जिन्दगी माटोमै बिल्ने न हो !
वाचुन्जेल कुविचारको माला किन उन्छ मान्छे ?

*साहित्यकार
सयपत्री थुलुङ, टोकियो, जापान