शुक्रबार, असार १२, २०८३

प्रवासी नेपाली मञ्च जापानद्वारा जुन ३ तारिख अन्तर्क्रिया कार्यक्रम गर्ने

टोकियो । नेकपा(एमाले) को प्रवास संगठन प्रवासी नेपाली मञ्च जापानले जुन ३ तारिख अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ ।

एमाले पोलिटब्यूरो सदस्य तथा युवा संघ नेपालका ईन्चार्ज महेश बस्नेतको प्रमुख आतिथ्यतामा जापानवासी नेपालीहरुसँग अन्तरक्रिया गर्ने भएको हो ।
प्रवासी नेपाली मंचले जापानको नेपालीको परदेशको साझा सवाल र देशको वर्तमान अवस्था लगाएत विषयमा केन्द्रित अन्तरक्रिया कार्यक्रम गर्न लागेको प्रवासी नेपाली मंच जापानका अध्यक्ष कुलचन्द्र खरेलले बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ता महेश बस्नेत सहित एमाले केन्द्रीय सदस्य राजीव पहारी, एमाले बागमती प्रदेश सदस् पर्शु बस्नेत, अजित लामा युवा संघ नेपाल केन्द्रीय सदस्य, ओएनएफ अन्तर्राष्ट्रिय कमिटी सदस्य डाक्टर सरोज कँडेल र सुरेश केसी, पूर्बी एशिया महादेशीय कमिटीका संयोजक मोहन रायमाझीको विशेष आतिथ्यता रहने प्रचार बिभाग प्रमुख महेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

उक्त बृहत् अन्तरक्रिया कार्यक्रम जुन ३ तारिख शनिबार दिनको ठिक १:०० बजेबाट नेपाली मुरा हल, शिनओकुबो हुने भएकोले समयमै उपस्थितिको लागि प्रवासी नेपाली मञ्च जापानका सचिव राजेन्द्र श्रेष्ठले अनुरोध गर्नु भयो ।