काठमाडौं । मन खुशी फाउन्डेसनले विश्व शान्ति र मानवीय सद्भावको लागि प्रथम राष्ट्रिय कविता प्रतियोगिता २०८० आयोजना गर्ने भएको छ । कविता प्रतियोगितामा सहभागि हुन चाहानेहरुले असार ७ गते भित्र आफ्नो कविता नेपाली भाषामा टाइप गरी karantamang487@gmail.com मा उपलब्ध गराउनु पर्ने गरि सार्वजनिक सुचना जारी गरिएको आयोजकले जनाएको छ ।
विश्वका जुनसुकै देश तथा स्थानमा रहेका नेपाली तथा गैर नेपाली सबैले प्रतियोगितामा सहभागी हुन पाउने छन् । प्रतियोगिताको नतिजा असार १५ गते सार्वजनिक गरिने र नतिजा सार्वजनिक भएको केही दिनमा पुरस्कार वितरण समारोह काठमाडौंमा गरिने कार्यक्रम निर्देशक करण तामाङले जानकारी दिए ।
उनका अनुसार कविता वाचन प्रतियोगितामा प्रथम हुनेलाइ स्वर्ण पदक ट्रफि प्रमाणपत्र र अन्य, द्वितीय हुनेलाइ रजत पदक ट्रफि प्रमाणपत्र र अन्य , तृतीय हुनेलाइ काँस्य पदक ट्रफि र प्रमाणपत्र वितरण गरिने छ । साथै अन्य सहयोगी संस्था ,व्यक्ति सबैलाई सम्मान रहने निर्देशक तामाङ बताउँछन् ।


