बिहिबार, बैशाख ०६, २०८१

रास्वपाकी सांसद सोविता गौतम जापान भ्रमणमा

जापान । रवी लामिछाने नेतृत्वको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टिका सांसद सोविता गौतम जापान भ्रमणमा आउनुभएको छ ।

प्रवास नेपाली सम्पर्क विभागको कार्यक्रममा सहभागीता जनाउनेगरि गौतम जापान आउनुभएको सम्पर्क विभाग जापानका सभापती दिलेन्द्र जोशीले जानकारी दिनुभयो । बुधवार टोकियो आइपुग्नुभएकी गौतम बिहिबार ओसाका प्रस्थान गरेको र ओसाकामा पारिवारिक भेटघाटपछि जुन ३ तारिख शनिवार प्रवास नेपाली सम्पर्क विभाग जापानको आयोजनामा कान्साई क्षेत्रिय समिति गठन तथा अन्तर्रक्रिया कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको जोशीको भनाई छ ।

कार्यक्रममा सहभागी हुने क्रममा सांसद गौतमले पार्टिको हालको अवस्था, बिचार लगायत राजनीतिक विषयमा आफ्ना र पार्टिको धारणा बारेमा बिचारहरु प्रस्तुत गर्ने बताइएको छ । यस बाहेक ४ तारिख कोबे शहर भ्रमण तथा तोचिगि प्रान्तमा जापानमा अपनाइएको फोहोर व्यवस्थापनको बारेमा बुझ्न निरिक्षण गर्ने कार्यतालिका रहेको जोशीले जानकारी दिनुभयो ।

टोकियोमा पनि सांसद गौतमसँग साक्षात्कार तथा भेटघाटको कार्यक्रम तयारी भइरहेको प्रवास नेपाली सम्पर्क विभाग जापानका उपसभापति समिरजंग खड्काले जानकारी दिनुभयो ।