शुक्रबार, बैशाख ११, २०८३

दोलखा समाज जापान कान्साई क्षेत्रको अध्यक्षमा अन्जान बस्नेत

जापान । दोलखा समाज जापानको कान्साई क्षेत्र स्तरीय भेला सम्पन भएको छ । उक्त भेलाले समाजको कान्साई क्षेत्रको अध्यक्षमा अन्जान बस्नेत चयन गरेको हो

भेलाको उदघाट्न गर्दै गैरआवसिय नेपाली संघ जापानका उपाध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि महेश कुमार कटुवालले प्रवासमा रहेर पनि दुख सुखको लागि एकझुट भई हातेमालो गरी अगाडी बढ्ने काम दोलखा समाज जापानले गर्ने बिश्वास व्यक्त गरे ।

भेलालाई सम्बोधन गर्दै दोलखा समाज जापानका संरक्षक तथा संस्थापक अध्यक्ष नवराज थापाले जापानमा रहेका दोलखालीलाई समाज स्थापान काल देखि नै हरेक अप्ठ्यारोमा सहयोग गर्दै आएको र सुरुवाती चरणमा निकै कठिन भए पनि आज आएर समाज विस्तार गर्न पाउँदा खुसी लागेको बताए । समाजलाई जापानका अन्य क्षेत्रमा पनि विस्तार गर्ने योजना रहेको समाजका केन्द्रय अध्यक्ष रोशन थापाले जानकारी गराए ।
कार्यक्रममा दोलखा समाज जापानका पूर्व अध्यक्ष महेश खड्का, संस्थापक महासचिव लोकराज चौलागाईं, उपाध्यक्ष श्री खड्का, महासचिव नारायण खड्का, एनआरएनए जापानका निवर्तमान सल्लाहकार एवं समाजसेवी नरेन्द्र बस्नेत दीनेश, एनआरएनए जापान कान्साईका नरबहादुर थापा, विकास अधिकारी, चितवन समाज जापानका उपाध्यक्ष अनिल पौडेल, धादिङ समाज कान्साई संयोजक दिपक भण्डारी, कुमामोतो नेपाली समाजका लाक्पा दोंग, नेसाजका संजय कार्की लगायतका अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सहजिकरण समाजका सल्लाहकार रामचन्द्र गिरीले गरेका थिए भने, निर्वाचन कार्यक्रम सल्लाहकार एवं निर्वाचन समितिका संयोजन प्रदिप खड्काले गरेका थिए।

भेलाले अन्जान बस्नेतको अध्यक्षतामा नयाँ कार्य समिति समेत चयन गरेको छ ।कार्यसमितिको उपाध्यक्ष मिलन बुढाथोकी, सचिब भिमसेन सुबेदी, सहसचिव सपना घिमिरे, कोषाध्यक्ष सबिना बुढाथोकी, सहकोषाध्यक्ष सम्झना बस्नेत र कार्यसमिति सदस्यमा मिलन अधिकारी, राजेश नेपाली, यूवराज उप्रेती, प्राकृती श्रेष्ठ, मनिषा अधिकारी, सुदिप शिवाकोटी र सरु कार्की रहेका छन्।समाजको सल्लाहकारमा निर्मल श्रेष्ठ, प्रदिप खड्का र रामचन्द्र गिरीलाई मनोनयन गरिएको छ।