फुकुओका, जापान । गैरआवासीय नेपाली संघ(एनआरएनए) जापान क्षेत्रीय कार्यसमिति क्युस्युको आठौँ अधिवेशन २०२३ जुन ११ तारिख हुने भएको छ ।
एनआरएनए जापान क्षेत्रीय कार्यसमिति क्युस्युको आठौँ अधिवेशन २०२३ जुन ११ तारिख आइतबारका दिन हुने भएको हो।
विश्वका ८१ ओटा भन्दा धेरै देशमा गठन भएको गैरआवासीय नेपाली संघ जापानमा करीब १ लाख ४० हजार जना नेपालीहरु भएको अवस्थामा विभीन्न क्षेत्रमा क्षेत्रीय कार्यसमितिहरु गठन भएका छन ।
जापानमा भएका १ राष्ट्रिय कार्यसमिति र १२ वटा क्षेत्रीय समितिमा सबै भन्दा राम्रो काम गर्ने क्षेत्रीय समितिमा क्युस्यु कार्यसमितिले विगत २ कार्यकालबाट पहिचान बनाउन सफल भएको छ।
हाल सम्म क्युस्यु क्षेत्रमा हुने विभीन्न सामाजीक कार्यहरु, जापानीज माझ नेपाल र नेपाली चिनाउने विभीन्न कार्यक्रम तथा दुखमा परेका नेपालीलाई नेपाल तथा जापानमा सहयोग गर्ने क्रममा सबै भन्दा पहिला नाम हो । यस समितिले अभिवेशन मिति तोकी अधिवेशन आचार-संहिताका लागी वेवसाइट https://nrnakyushuelection.com/ बनाएर तयारी तिव्र पारीएको संस्थाका संयोजक अर्जुन बगालेले जानकारी दिनुभयो ।

