टोकियो । गत वर्षदेखी गरेको सकुरा नाइट यस न त कुनै बिशेष औपचारिकता,सुरूवातमा न खादा न ब्याज, सिधा कार्यक्रम गरी सम्पन्न गरेको छ ।
सुर्य कर्पोरेसनको साकुरा नाईट २ अरु भन्दा फरक यो मानेमा रह्यो कि यसपालि अन्य भन्दा पृथक गरि दर्शकको मर्मलाई बिचार गर्दै, डेडदुई घन्टा लामो औपचारिक कार्यक्रममा खर्चिने समयलाई मनोरन्जनात्मक कार्यक्रममा जोडिन खोजेको राम्रो आभास साकुरा नाईट २ मा देखियो । अर्को बिशेष कुरा कार्यक्रमको नाममा कलाकार या सेवाको नाम बेचि कोहि ब्यक्ति,संस्था वा कम्पनि संग स्पोन्सरको नाममा कोहि कसैलाई दुख दिने भएन ।
जापानीहरुले मनाउने एक विशेष चाड गोल्डेन विकको अवसरमा जापानका नेपालीहरु माझ सुर्य कर्पोरेसनद्वारा ”साकुरा नाईट २ जापान ” नामक ४ मुख्य शहरहरूमा यस बर्ष पनि बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मे महिनाको पहिलो हप्तामा पर्ने गोल्डेन विकको अवसर पारि सुर्य कर्पोरेसन र ग्रिष्मा ईन्टरटेन्डमेन्टले हरेक बर्ष जापानको मुख्य शहरहरुमा सांस्कृतिक कार्यक्रम गर्दै आईरहेको छ ।
सुर्य कर्पोरेसनका ब्रयान्ड एम्बेसडर समेत रहेका निकै चर्चित संचारकर्मी एबम कार्यक्रम प्रस्तोता नरेश भट्टराईको उत्कृष्ट उदघोषणमा संचालित साकुरा नाईट २ मा युवाहरुको ढुकढुकी चर्चित गायक प्रमोद खरेल जब स्टेजमा उत्रिय, उनको गित सुरु हुनु अगाबै सबैजसो शहरहरूमा चर्को आवाजमा खुसिले केहि बेर हलनै गुन्जायमान भएकोहुन्थ्यो । ओई झुमा, म विना कसैकसैलाई, लाईदेउन मायाले लगाएतका खरेलको गितमा नझुमेको एक दर्शक देखिन्नथ्यो ।
पछिल्लो पटक निकै रुचाईएका चर्चित कार्यक्रम ‘ह्वाट दी फ्लप’ का प्रस्तोता तथा स्ट्यान्ड अप कमेडिएन सन्दिप क्षेत्रीको प्रस्तुतिमा उपस्थित दर्शकहरु निकैबेर हाँस्न बाध्य बने । पहिलो पटक कार्यक्रमको शिलशिलामा जापान आएका क्षेत्रीले ‘साकुरा नाईट-२’ मा बिचबिचमा विभिन्न ठट्टा गर्दै नेपाली समुदायमा देखिएका समस्याहरुलाई आकर्षक तरिकाले आफ्नो प्रस्तुतीमा समाबेश गरेका थिए ।
१४ वर्षपछि दोस्रो पटक जापान आएकी सदावहार गायिका नलिना चित्रकारले दर्शकहरुलाई एकपछि अर्काे प्रस्तुति राख्दै भरपुर मनोरञ्जन दिइन । ‘चाहिदैन हिरा र मोती’,’सिमसिमे पानीमा’,’सालको पात टपरी गाँसेर’, ‘बाँझो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा’ लगायतका गीत गाउँदै उपस्थित युवायुवतीहरुलाई छमछमी नचाईन् ।
गोल्डेन विकको पहिलो दिन २०१७ मे ३ तारिकका दिन टोक्यो बाट सुरु भई मे ४ तारिक नागोया, मे ५ तारिक ओशाका र मे ७ तारिक फुकुओकामा सम्पन्न कार्यक्रमबाट हुने मुनाफा बाट गरिव, दिन दुखि र असाह्यको सहारा बन्दै आईरहेको नेपालको मानब सेवा आश्रमलाई सहयोग गरिने सुर्य कर्पोरेसनका डाईरेक्टर बाशुदेव लामिछानेले जानकारी दिएका छन । कार्यक्रमलाई भब्य र सभ्य एवम मर्यादित बनाउनका निमित्त प्रत्येक शहरहरुमा तय गरिएको आयोजक टोलिले कार्यक्रमको ब्यबस्थापन गरेको थियो ।
साथै यही आईतवार सांझ ६ बजेदेखि १२ बजेसम्म टोक्यो रोधि क्लबमा पुन टोक्योमा एक सो हुने भएको छ । मे ३ का दिन कार्यक्रममा उपस्थित सबैलाई फ्रि पासको ब्यवस्था गरिएको छ जसको लागि उक्तदिनको टिकटको अर्धक्कट्टिलाई आधार मानिने कर्पोरेसनले जनाएकोछ । अन्य उपस्थितिका लागि भने ३ फ्रि ड्रिंक्स सहित ३,००० टिकट दर तय गरिएको छ ।