टोकियो । नेपाल आदिवासी जनजाति महासंघ (NEFIN Japan 「一般社団法人」जापानको विशेष भेलाबाट उपाध्यक्षमा विकास श्रेष्ठ मनोनित हुनु भएकोमा छ।
टोकियोमा मे २१ तारिख बसेको विशेष भेलाले गत सम्पन्न १८औं महाधिवेशन पश्चात् २०२३-०२५ कार्यकालको पहिलो विशेष भेलाले नेवा: खल जापानको सिफारिसबाट श्रेष्ठ नेफिन जापानको उपाध्यक्षमा मनोनित हुनु भएको हो ।
नेफिन जापान २०२३-२०२५ को आयोजनामा पहिलो कार्यक्रम उद्घाटन तथा परिचयात्मक कार्यक्रमसंगै उम्मेद्वारी दिएको थियो।
गैरआवासीय नेपाली संघ (एनआरएन) जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ र नेफिन जापान अध्यक्ष सुकुमान तामाङले संयुक्त रुपमा भगवान गौतम बुद्दको प्रतिमामा खादा चढाइ बुद्द जयन्तीलाइ स्मरण गर्दै कार्यक्रमको सुरु भएको थियो।
कार्यक्रममा सहभागीहरुले क्रमैसंग परिचय दिदै नेफिन जापानको बिगतको गतिबिधिबारे चर्चा गर्नुका साथै २०२३-२०२५ कार्यसमितिहरुलाई रचनात्मक रुपमा अगाडि बढ्न सल्लाह सुझावहरु समेत दिएका थिए ।
नेफिन जापानले सचिवालयका पदाधिकारीहरु संघिय परिषद र सल्लाहकारहरु र अन्य सहभागिहरुवीच परिचयात्मक कार्यक्रम संगै नेफिन सम्बद्द प्रत्येक एकल जातिय संस्थाबाट २जना सल्लाहकार र १जना संरक्षक समिति गठन गर्ने बिषयमा प्रस्ताव पेश गरेका थिए तर सबैजना उपस्थित नभएको र पुर्णता दिने सम्बन्धमा सहमति हुन नसकेकोले आगामी बैठकमा पुन छलफल गरी कार्यसमितिलाइ पुर्णता दिने नेफिन जापानका महासचिव प्रमिला राईले जानकारी दिनुभयो ।
रिक्त रहेको उपाध्यक्ष पदको लागि सर्वसम्मतरुपमा नेवा: खल जापानबाट बिकास श्रेष्ठ र सदस्यमा सरस्वती श्रेष्ठलाई मनोनित गरेको छ ।
शिनकोइवा स्थित माचुसिमा हिगाशी खाइखान हलमा सम्पन्न कार्यक्रममा उपस्थित सम्पुर्णलाइ थकाली सेवा समिति जापानका अध्यक्ष बुद्दि गौचनले जापानमा रहेका सम्पुर्ण आदिवासी जानजातिहरुलाइ एक ढिक्क भएर अगाडि बढ्न हौसला मिलोस भनी ब्यक्तिगत तर्फबाट खानपिनले स्वागत समेत गर्नुभएको थियो ।
नेफिनमा १० मध्ये नेफिन जापानमा नवीकरण गराएका ८ वटा एकल जातिय संस्थाका प्रतिनिधिहरुले मात्र १८औ महाधिबेशनमा सहभागी जनाएका थिए।