शुक्रबार, असार ०१, २०८१

टोकियोमा हुने ‘रमाइलो म्युजिक एक्प्रेस’ सांगीतिक कार्यक्रमको तयारी तीव्र

टोकियो । पर्वत समाज जापानले रमाइलो म्युजिक एक्प्रेस सांगीतिक कार्यक्रमको अन्तिम तयारी तीव्र भएको छ ।

टोकियोमा आइतबार पत्रकार सम्मेलन गरि सांगितिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
पर्वत जिल्लाका गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति बितरण गर्ने उद्देश्यका साथ पर्वत समाज जापानले सांगीतिक कार्यक्रम गर्न लागेको हो।
रमाइलो म्युजिक एक्प्रेस नाम दिईएको सांगीतिक कार्यक्रम यही मे २८ तारिख आईतवार साँझ ६ बजेबाट टोकियोको नाकानो जेरो हलमा हुन लागेको छ ।
नेपालबाट आमन्त्रित बहुचर्चित कलाकारहरु कुलेन्द्र बिश्वकर्मा, बिमल राज क्षेत्रि, एलिना चौहान र सुस्मिता क्षेत्रिको बेजोड प्रस्तुति हुने भएको छ, कलाकारको टोली आईतबार नै जापान आइपुगेका छन ।
जापानको टोकियोका साथमा फुकुओकामा आज मे २२ तारिख सोमवार र निगातामा जुन ४ तारिख आईतवारलाई कार्यक्रम तयभएको समाजका महासचिब राम बाँस्तोलासँग सम्पर्क गर्न आग्रह गरिएको छ ।

नेपाली मौलिक संस्कृतिको प्रचार प्रसार सँगै जापान र नेपालको संस्कृति आदान प्रदानमा सहयोग पुर्‍याउनुका साथै गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी पठनपाठनमा सघाउनु मुख्य उद्देश्य रहेको समाजका अध्यक्ष सुभास लामिछानेले बताउनुभयो ।