सोमबार, जेठ १४, २०८१

चितवन समाज जापानको चौथों अधिवेशन सम्पन्न, अध्यक्षमा ईश्वरी कँडेल

टोकियो । चितवन समाज जापानको चौथों अधिवेशन सम्पन्न भएको छ । टोकियोमा आज चौथो अधिवेशनबाट अध्यक्षमा ईश्वरी कँडेल सर्वसहमत चयन भएका छन ।

चितवनबाट जापान आएर रोजगार, ब्यबसायी, अध्ययन लगायत बिभिन्न पेशा गरेर जापानलाई कर्मथलो बनाई बस्नु भएका समस्त चितवनवासीको संस्था चितवन समाज जापानको चौथो अधिवेशनले कँडेलको नेतृत्वमा सर्वसहमत नयाँ नेतृत्व चयन गरेको हो ।
कँडेलको अध्यक्षतामा गठिन नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा टंक गैरे, उपाध्यक्षहरुमा प्रदिप खरेल, राम खरेल र अनिल पौडेल चयन भएका छन ।
समाजको महासचिवमा कविकिरण न्यौपाने,सचिवमा विनोदकुमार सापकोटा र अनुपराज कंडेल, कोषाध्यक्षमा धिरन कंडेल र सह कोषाध्यक्षमा मनीषा प्रधान सर्वसहमत रूपमा निर्वाचित भएको निर्वाचन समितिका सदस्य तुलसीराम खरेलले जानकारी दिए ।

निर्वाचन समितिका सदस्य खरेलका अनुसार समाजको केन्द्रीय सदस्यमा निर्वाचित हुनेहरूमा बिरेन्द्र सापकोटा, युवराज ढकाल, विवश कंडेल (महेन्द्र), बिमल कंडेल, लक्ष्मण गैरे, अमित सापकोटा र बिनोद कुमाल निर्वाचित भएका छन ।

कार्यक्रममा बोल्ने वक्ताहरूले प्रवासमा स्थापित समाजहरूले आफनो उदेश्य अनुरूप ख़ास अर्थको सामाजिक कार्यमा आफूलाई क्रियाशील गराउन आग्रह गर्दै जापानमा चितवन समाजले गरेका सामाजिक कार्यको चर्चा गरेका थिए ।

कार्यक्रममा समाजलाई विभिन्न अवसरमा योगदान पुर्याउने व्यक्ति व्यक्तित्वलाई सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो । कार्यक्रम समाजका अध्यक्ष राजनकुमार श्रेष्ठको अध्यक्षता वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद कंडेलको स्वागत मन्तव्य र कविकिरण न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।